माधब समुहको निर्णय आउन ढिला हुँदा सरकारले पूर्णता पाउन सकेनः नेता थापा
न्युजभित्तो/२० श्रावण २०७८, बुधबार ११:३२
चितवनः चितवनः नेपाली काँग्रेसका नेता गगन कुमार थापाले दार्चुलामा भएका घटनाको बिषयमा अगाढी वढ्न सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले नागरिकको जिवन रक्षा सरकारको मुख्य दायीत्व रहेको भन्दै यस विषयमा सबै दल एक ठाउँमा भएर संसदको तागत सरकारलाई दिनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “नेपालको चुच्चे नक्सा निकाल्दा संसदको तागद र सबैको सहयोगले भएको थियो । त्यो तागत दार्चुला घटनाको छानविनका लागि दिनु पर्छ ।” यस घटनाको विषयलाई लिएर नडराईकन सरकार भारत संग लड्नु पर्ने उहाँको भनाई थियो । घटनाको सत्यतथ्य बुझि प्रतिवेदन दिने कुरामा ढिला नगर्न सरकारलाई आग्रह गर्दै उहाँले नागरिकको जीवन रक्षाका लागि सरकार लड्नु पर्ने बताउनुभयो । दार्चुलामा भारतिय सुरक्षा वलले तुइन काटेर एक युवा नदिमा वेपत्ता भएको घटनाको विषयमा बाहिर आएका कुरालाई अनुसन्धान गरि प्रष्ट्याउन खखोज्नु सरकारको सकारातमक काम भएको उहाँको भनाई थियो ।
कुराकानी गर्दै उहाँले अघिल्लो सरकारले संसदमा छलफल नगरि ल्याएको भूमि सम्बन्धि समस्या समाधान आयोग खारेजि गर्नु सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “सुकुम्बासी समस्या समाधानका लागि सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि वढ्नुपर्छ ।”
पूर्ब मन्त्री थापाले सर्बदलिय सरकार भएका कारण समयमा पूर्णाता पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “नेकपा एमालेको पनि माधव नेपाल समुहको सहयोगबाट यो सरकार वनेका कारण उहाँहरुको सरकारमा सहभागी हुने बिषयमा निर्णय आउन ढिला भएकाले मन्त्रीपरिषदले पुर्णता पाउन नसकेको हो ।” साझा न्यूनतम कार्यक्रम वनिसके पछि सरकारले पूर्णता पाउने उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै नेता थापाले काङ्ग्रेसको महाधिबेशन समयमानै हुनु पर्ने बताउनुभयो । संबिधान र कानुनले दिएको समय भित्रर रहेर महाधिबेशन सम्पन्न गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “केही दिन तलमाथि होला तर बाहिर आएको जस्तो एक वर्ष, दुईवर्ष सर्ने भन्ने हल्ला निराधार हो ।” काङ्ग्रेसको बधिानले पनि यस्तो गर्न नदिने भन्दै उहाँले कृयाशिल सदस्यको बिबाद सुल्झाउन पार्टीको केन्द्रिय समितिले जिम्मेवारी दिएका व्यक्तिहरु लाग्नु पर्ने बताउनुभयो । बिबिाद नसुल्झीए पुनः केन्द्रिय समितिमा ल्याउनु पर्ने भन्दै उहाँले भन्नुभयो “बिबाद टुङ्गाउनका लागि पनि केन्द्रिय समितिको बैठक बोलाउन भनिएको छ ।” केन्द्रिय समितिको वैठक नवोलाउने र समय घर्किए पछि महाधिबेशन हुन सकेन भन्न नपाईने बताउँदै थापाले सबै पक्ष लचिलो भएर बिबाद समाधान गर्न लाग्नु पर्ने बताउनु भयो ।
महाधिबेशनका लागि नयाँ कार्यतालिका नवनेको भन्दै उहाँले सभापति र पदाधिकारीले समय तालिकाको प्रस्ताब नल्याएको बताउनुभयो ।