सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाको तेस्रो लहर आउनसक्छ, सभा सम्मेलन नगरौं : जिल्ला प्रशासन कार्यालय काठमाडौँ


  •    न्युजभित्तो/१९ श्रावण २०७८, मंगलवार १६:३१ 
  • काठमाडौँ, १९ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी जस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ ।

    प्रशासनले हाल निषेधाज्ञा जारी रहेको अवस्थामा पनि स्वास्थ्य मापदण्ड पालना नगर्ने, भीडभाड गर्ने, मास्क प्रयोग नगर्ने, भौतिक दूरी पालना नगर्नेलगायतका गतिविधि देखिएको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो ।

    कोरोनाको तेस्रो लहरको आउनसक्ने भन्दै जिप्रका काठमाडौँले त्यसप्रति सचेत हुन सूचित गरेको छ।

    ‘कोभिड १९ को संक्रमणदर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरु नगर्न÷नगराउन सबै पक्षलाई सूचित गरिन्छ। जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ जिप्रका काठमाडौँले जारी गरेको सूचनामा भनिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.