सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाकालीमा बेपत्ता जयसिंह धामीको खोजी जारी छ : गृहमन्त्री


  •    न्युजभित्तो/१९ श्रावण २०७८, मंगलवार १६:२१ 
  • काठमाडौँ, १९ साउन । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीको खोजी जारी रहेको जानकारी दिनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै गृहमन्त्री खाँणले उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, दार्चुला मातहतका प्रहरीचौकी लालीदेखि दुम्लिङसम्म नौ वटा प्रहरी इकाइ तथा सशस्त्र प्रहरी बल, सीमा सुरक्षाका पाँच वटा बेसबाट खोजी भइरहेको बताउनुभयो ।

    सो क्रममा सीमावर्ती जिल्ला बैतडी र कञ्चनपुर जिल्लासँग पनि स्थानीय तहबाट समन्वय गरिएको उहाँले बताउनुभयो । दार्चुलाको व्यास गाउँपालिका–२ खाङदाङ माल बस्ने धामी सोही गाउँपालिकाको वडा नं २ मूलघाटबाट भारतको गस्तु पुग्न महाकाली नदीको तुइन तर्ने क्रममा यही साउन १५ गते नदीमा खसरेर बेपत्ता हुनुभएको थियो ।

    धामी बेपत्ता भएपछि नरेन्द्रसिंह धामीसमेत तीन जनाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका थिए । सोही दिन गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तविक छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल गण नं ४४ बाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रम सिंह ढाटसहित तीन जनाको टोली स्थलगत छानबिनको लागि घटनास्थल खटिएको थियो ।
    गृहमन्त्री खाँणले जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको जानकारी गराउनुभयो । उहाँले बेपत्ता जयसिंह धामीभन्दा अगाडि उक्त स्थानको तुइनबाट भारतर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिरामसिंह धामीसँग सोधपुछ भइरहेको बताउनुभयो ।

    नदी तर्न बाँकी अनिता धामी, विक्रम रङकोली र कल्याण धामीसँग यसबारे जानकारी लिन जिल्ला सदरमुकाममा बोलाइएको, जिल्ला प्रशासन कार्यालय दार्चुलामा सर्वदलीय बैठक भएको, तथा भारततर्फका नेसनल डिजास्टर रेस्पोन्स फोर्स र एसएसबीबाट पनि खोजी भइरहेको गृहमन्त्री खाँणले बताउनुभयो ।

    उक्त घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने सम्बन्धमा साउन १७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समिति घटनास्थल गइसकेको सदनलाई जानकारी दिनुभयो ।

    समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट९जोशी० गरी पाँच जना रहनुभएको छ ।

    नेपालबाट भारतीय सीमा प्रवेश गर्न अहिले पनि तुइनको प्रयोग भइरहेको तथा महाकाली नदीमा चार वटा झोलुङ्गे पुल निर्माणाधीन रहेका मन्त्री खाँणले जानकारी दिनुभयो । गृहमन्त्रीको वक्तव्यप्रति सांसदहरु खगराज अधिकारी, योगेश भट्टराई, गगनकुमार थापा, शेरबहादुर तामाङ, शान्ता चौधरी, विमला विक, गणेशसिंह ठगुन्ना, महेश बस्नेत, देवेन्द्रराज कँडेल, दीलेन्द्रप्रसाद बडू, पुष्पा भुषाल गौतम, डिला सङ्ग्रौला पन्त, पदम गिरी, राजेन्द्रकुमार केसी, यशोदा सुवेदी गुरुङ, प्रेम सुवाल र विशाल भट्टराईले प्रतिप्रश्न गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.