सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाधिवेशन बारे छलफलको लागि सिंह निवासमा पौडेल पक्षको बैठक


  •    न्युजभित्तो/१९ श्रावण २०७८, मंगलवार १४:३२ 
  • काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि आज बैठक बस्न लागेका छन् । मंगलबार दिउँसो २ बजे पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा बैठक राखिएको हो।

    क्रियाशील सदस्यतामा देखिएका विवाद शीर्ष नेतृत्वबाट हल गर्ने भने पनि अहिलेसम्म हल हुन सकेको छैन । बाराका कांग्रेस कार्यकर्ता पार्टी कार्यालयमा धर्ना बसेको आज २५ दिन भइसकेको छ।

    बारा, सप्तरीलगायत जिल्लाका क्रियाशील सदस्यता टुंगिएको छैन। यसले गर्दा १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित रहेको छ । नेताहरूले अब भदौमा महाधिवेशन सम्भव छैन भन्न थालिसकेका छन्। महाधिवेशन केन्द्रित बैठक आज पौडेल पक्षले गरेको हो। जसमा सभापति शेरबहादुर देउवानिकटबाहेक सबै केन्द्रीय सदस्यलाई बोलाइएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.