सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सप्तरीमा शतप्रतिशत धान रोपाइँः ९०० बिघा डुबानमा


  •    न्युजभित्तो/१९ श्रावण २०७८, मंगलवार १४:०९ 
  • राजविराज, १९ असार । यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
    असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष उचित समयमा वर्षा भएकाले शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।
    कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ । जिल्लाको उत्तरी भेगमा चुरे जङ्गल र बाँझो जमिन हुने भएकाले त्यस ठाउँमा धानखेती गर्न गाह्रो हुने गरेको छ । केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले जिल्लाको १८ वटै स्थानीय तहमा धानखेती भएको बताउँदै समयमा वर्षा भएका कारण शतप्रतिशत धान रोपाइँ भएको बताउनुभयो । यस वर्ष विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण ९०० बिघा जग्गामा रोपाइँ गरिएको धान डुबानमा परेको छ भने २०० बिघा जग्गाका कटानसमेत भएको उहाँको भनाइ छ ।
    प्रमुख यादवले भन्नुभयो, “सधैँ अकाशे पानीबाट निर्भर रहेको यस वर्ष समयमा वर्षा भएको र पानीसँगै विभिन्न नदी र खोलामा आएको बाढीका कारण ६०० हेक्टर जग्गा डुबान भएर क्षतिसमेत भएको छ । जिल्लाको तिलाठी कोइलाडी, बलानबिहुल र तिरहुत गाउँपालिका तथा कञ्चनरुप र सप्तकोशी नगरपालिकामा लगाइएको धानबाली डुबानबाट क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त ठाउँमा बाढीले केही धानखेत कटानसमेत गरेको छ ।
    यस वर्ष करिब ९९ हजार बिघा जग्गामा धान रोपाइँ गरिएको जानकारी दिँदै समयमा वर्षा भएकाले धान उत्पादनसमेत बढ्ने केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो । यसरी नै समयमा वर्षा भइरहे उब्जनीसमेत राम्रो हुने बताउँदै सप्तरी जिल्लामा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार हेक्टर गरी कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेकामा ५९ हजार २५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको छ । जिल्लामा रहेको नेपालकै पुरानो चन्द्रनहरको उचित व्यवस्थापन्न नगरेकाले अकाशे पानीको भरमा यहाँ खेती हुने गरेको छ ।
    साथै सानासाना नहरसमेत मर्मत नहुँदा सप्तरी जिल्लामा सिँचाइ सुविधाबाट किसान बञ्चित रहेको जनाइएको छ । जिल्लाको हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीका किसान लाल माझीले जिल्लामा रहेको कोशी ब्यारेजबाट निस्केको पश्चिमी नहर र चन्द्रनहरमा धान र गहुँखेतीको समयमा पानी सुविधा पुयाउन नसकिएको कारण खेती गर्न कठिनाइ हुने गरेको गुनासो गर्नुभयो ।
    खासगरी वर्षाकै भरमा हामी खेती गर्दै आएको बताउँदै यी नहरलाई मर्मतसम्भार र समयमा पानी नदिएका कारण खेतीपातीमा ह्रास आउन थालेको कृषकको भनाइ छ । नेपालमा कूल धान उत्पादनको ४० प्रतिशत उत्पादन प्रदेश नं २ मा हुँदै आएको बताइएको छ । गत वर्ष प्रदेशमा १४ लाख २० हजार ४३६ टन धान उत्पादन भएको भूमि व्यवस्था तथा कृषि मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.