सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए


  •    न्युजभित्तो/१९ श्रावण २०७८, मंगलवार १२:१८ 
  • काठमाडौँ, १९ साउन । सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ । पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रन थालेका हुन । गत जुन महिनामा ९निषेधाज्ञाको बीचमा० एक हजार १४३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

    विभागका अनुसार जुलाई महिनामा ९९ देशबाट एक हजार ९४० पुरुष, एक हजार ५० महिला र एक जना अन्य नागरिक नेपाल भित्रिएका छन् । सो अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तीन हजार १५७ विदेशी पर्यटक आ आफ्नो देश फर्किएका छन् । पछिल्लो समय कोरोना महामारीका कारण नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

    सबैभन्दा बढी भारतबाट भित्रिए विदेशी नागरिक

    पछिल्लो एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतबाट सबैभन्दा बढी विदेशी नागरिक भित्रिएका छन् । सो अवधिमा नेपाल आएका ९९ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी एक हजार १०५ जना नेपाल आएका हुन् ।

    भारतपछि अमेरिकाबाट ८१९, बेलायतबाट १८५, टर्कीबाट १६५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । दक्षिण एशियाली मुलुकमध्ये जुलाई महिनामा बङ्गलादेशबाट चार, भुटानबाट १४, पाकिस्तानबाट पाँच र श्रीलङ¬्काबाट तीन पर्यटक नेपाल आएका छन् । यस्तै, क्यानडाबाट ७८, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, नेदरल्याण्डबाट २६, रुसबाट १९ जना पर्यटक नेपाल आएका छन् ।

    २५ हजार नेपाली स्वदेश फर्किए

    अध्यागमन विभागका अनुसार गत जुलाई महिनामा २५ हजार २०५ नेपाली नागरिक स्वदेश फर्किएका छन् । तीमध्ये २१ हजार ५०९ पुरुष, तीन हजार ६९३ महिला र तीन जनाअन्य नागरिक रहेका छन् । सो अवधिमा नेपाली र विदेशी गरी २८ हजार १९६ जना नेपाल भित्रिएका छन् । यस्तै, सो अवधिमा २१ हजार ८७७ जना नेपालीसहित कूल २५ हजार ३४ जना नेपालबाट बाहिरिएका छन् ।

    गत जुन महिनामा १३ हजार २५६ जना नेपाली तथा विदेशी नागरिक नेपालबाट बाहिरिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.