सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खाेप लगाउन हिँडेकाहरू चढेकाे डुङ्गा पल्टिँयाे, एकको मृत्यु, तीन बेपत्ता


  •    न्युजभित्तो/१७ श्रावण २०७८, आईतवार १५:५३ 
  • भजनी, १७ साउन । कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

    डुङ्गा दुर्घटना हुँदा बेपत्ता हुनेमा मोहन्याल–३ बस्ने २० वर्षीया उर्मिला सलामीमगर, उर्मिलाको १० दिनको शिशु र सोही ठाउँ बस्ने २० वर्षकी पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

    त्यस्तै डुङ्गा दुर्घटनामा घाइते भएकी मोहन्याल– ३ बस्ने १९ वर्षीया धनसरा सलामीमगरको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँका एक महिनाका छोरा कर्ण सलामी गम्भीर घाइते भएका छन् । डुङ्गामा १० मान्छे सवार रहेकामा पाँच जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजीका लागि इलाका प्रहरी कार्यालय सुगरखालको टोली घटनास्थलमा खटिएको जनाइएको छ । यहाँ सहजरूपमा आवागमनका लागि पुलको व्यवस्था नहुँदा नागरिकले जोखिमको यात्रा गर्न बाध्य छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.