सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारलाई धम्की दिनेलाई कारवाहीको माग


  •    न्युजभित्तो/१७ श्रावण २०७८, आईतवार १२:२४ 
  • गण्डकी,१७ साउन । समाचार लेखेको आधारमा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् । पोखराका क्रियाशील पत्रकार अधिकारीले गण्डक न्यूज डटकमका लागि यही साउन ६ गते पोखरा–११ काहुँको कालिका माविमा व्यापार, सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियो0 शीर्षकमा समाचार लेख्नुभएको थियो ।

    उक्त विषयलाई लिएर सो विद्यायलका प्रधानाध्यापक निर्मला मानन्धरका श्रीमान् बताउने कृष्ण श्रेष्ठले लगातार फोन, म्यासेन्जर, एसएमएसमार्पmत धाकधम्की दिएको विज्ञप्तिमा उल्लेख छ । प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमार्फत कानूनी उपचार खोज्ने विकल्प हुँदाहुँदै धाकधम्कीमा उत्रिनु असह्य हर्कत भएको उल्लेख गर्दै सङ्घसंस्थाबाट प्रकाशित विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथि आघात पु¥याउने यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानूनी कारवाही गर्न जोडदार माग गरिएको छ ।

    उक्त घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश, नेपाल पत्रकार महासङ्घ कास्की शाखा, अनलाइन पत्रकार सङ्घ गण्डकी, प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस सङ्गठन, फोनिज कास्कीलगायतका सञ्चारसँग आबद्ध सङ्घसंस्थाले विज्ञप्तिमार्पmत माग गरेका हुन् ।

    पत्रकार महासङ्घ कास्की शाखाले घटनाका दोषीलाई कानूनी कारवाहीमा ल्याउन पहल नगरेको भन्दै प्रेस चौतारी नेपाल कास्की शाखाले महासङ्घको कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकारको पेशागत छाता सङ्गठनले दोषीमाथि तत्काल कारवाही गरी पीडितलाई न्याय दिन माग राखी महासङ्घको कार्यालयमा ताला लगाएको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
    होली भिजन पब्लिक स्कुल, शिक्षक अभिभावक संघमा न्यौपानेको नेतृत्व
    सीपलाई आयआर्जनसँग जोड्न सके समतामूलक समाज निर्माणमा टेवा पुग्छः मन्त्री तामाङ
    • माडीबाट वाल्मीकिसम्मको यात्रा: मनोरञ्जनसँगै चिन्ताको अनुभूति
    • नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघमा नयाँ नेतृत्व, अध्यक्षमा कुँवर
    • नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    • विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.