सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शैक्षिक तथा भाषा प्रतिष्ठान १५ महिनादेखि बन्द


  •    न्युजभित्तो/१७ श्रावण २०७८, आईतवार ११:२२ 
  • पाँचथर, १७ साउन । कम्प्युटर, भाषा र ट्युसन पढाउने प्रतिष्ठान (इन्स्टिच्युट)हरु कोभिड–१९ सङ्क्रमणको महामारीले १५ महिनादेखि ठप्पप्रायः छन् । पाँचथरको सदरमुकाम फिदिममा निषेधाज्ञाका समयमा समेत अन्य अधिकांश व्यवसाय आंशिकरूपमा सञ्चालन भइरहे पनि यहाँका नौवटा प्रतिष्ठान १५ महिनादेखि बन्द छन् ।

    फिदिममा डेढ दशकदेखि सञ्चालनमा रहेको ‘न्यू मिलिस्टार कम्प्युटर इन्स्टिच्युट’का सञ्चालक केशव पौडेलका अनुसार विगत १५ महिनादेखि घरभाडा बुझाएर बस्नुपरेको छ । “पहिलो लकडाउनदेखि घरभाडा तिरेर बसेका छौँ”, पौडेलले भन्नुभयो, “उठाएर लैजान सम्भव छैन । राखिरहे सञ्चालनमा ल्याउन पाइएन ।” कतिपय विद्यार्थीको कम्प्युटर तथा भाषाको कोर्स पूरा गर्न नपाउँदा पैसासमेत फिर्ता गर्नुपरेको पौडेलको भनाइ छ । यस्तै यी प्रतिष्ठानमा काम गर्ने शिक्षक तथा अन्य कर्मचारीलाई पारिश्रमिक दिएर टिकाइ राख्नुपर्दा झनै समस्या भएको पौडेलको भनाइ छ । “यतिका महिनादेखि कमाइ खाने ठाँउ बन्द भयो”, उहाँले भन्नुभयो, “अब बन्द गरेर बस्ने कि खोल्ने भन्ने अन्योल छ ।”

    फिदिममै सञ्चालनमा रहेको ‘सोलुशन एजुकेशन फाउण्डेशन’का सञ्चालक घनेन्द्रराज मिश्रका अनुसार विसं २०७६ चैतदेखि निरन्तर घरधनी र कर्मचारीलाई मासिक भुक्तानी दिइरहनुपरेको छ । “कोरोनाका कारण व्यवसाय डामाडोल भयो । रु १० लाखभन्दा बढी घाटा भइसक्यो”, मिश्रले भन्नुभयो, “सरोकारवालाले केही चासो दिँदैनन् । अब के गर्नुपर्ने हो अन्योलमा छु ।” फिदिममै भाषा कक्षा सञ्चालन गर्दै आएका ‘पाथीभरा कम्प्युटर एण्ड ल्याङ्ग्वेज सेन्टर’का सञ्चालक युवराज अधिकारीको पनि गुनासो उस्तै छ । अहिलेसम्म रु सात लाखभन्दा बढी नोक्सानी बेहोर्नुपरेको अधिकारीको भनाइ छ । कर्मचारी र घरधनीलाई नियमित रकम दिनुपर्दा मारमा परेको अधिकारीको गुनासो छ ।

    फिदिममा सञ्चालनमा रहेका शैक्षिक तथा भाषाका सबै प्रष्तिठानको अवस्था उस्तै छ । सरकारले विभिन्न चरणमा जारी गरेको निषेधाज्ञा इमान्दारीका साथ पालना गरिरहे पनि निजी शैक्षिक तथा भाषा प्रशिक्षण क्षेत्रमा सरकारी निकाय तथा सरोकारवालाले ध्यान नपुयाउँदा आफूहरु मारमा परेको उनीहरुको गुनासो छ । अन्य व्यवसाय पूर्ण र आंशिकरूपमा सञ्चालन भए पनि प्रतिष्ठानहरू सञ्चालन गर्न समस्या परेको सञ्चालकको भनाइ छ । सङ्क्रमणको जोखिमका कारण कक्षामा राखेर विद्यार्थी पढाउन कठिन पर्ने तथा निषेधाज्ञाका कारण विद्यार्थी नै नहुने कारणले आफूहरुको व्यवसाय सङ्कटमा परेको भन्दै उनीहरुले सरोकारवाला निकायलाई गुहार मागेका छन् ।

    उनीहरुले स्वास्थ्यका मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय पाँचथर, फिदिम नगरपालिका र पाँचथर उद्योग वाणिज्य सङ्घमा ज्ञापनपत्र बुझाएका उनीहरुले ५० जनाभन्दा बढी कर्मचारी तथा शिक्षक बेरोजगार भएको उल्लेख गरेका छन् । उनीहरुले शैक्षिक तथा भाषा प्रतिष्ठानका सञ्चालक, शिक्षक र कर्मचारीलाई खोप दिनुपर्ने, घरभाडामा सहुलियतका लागि सहयोग गर्नुपर्ने, स्थानीय तहले उचित राहतको व्यवस्था गर्नुपर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर प्रतिष्ठानहरु सञ्चालन गर्नका लागि शीघ्र नीतिगत व्यवस्था गर्नुपर्ने माग गरेका छन् । फिदिममा अङ्ग्रेजी, कोरियाली, जापानीलगायत भाषाका, विभिन्न तहका शैक्षिक प्रशिक्षण र कम्प्युटर तथा सीप विकाससम्बन्धी प्रतिष्ठानहरु सञ्चालनमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.