सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सङ्कट व्यवस्थापन केन्द्र स्थापना


  •    न्युजभित्तो/१६ श्रावण २०७८, शनिबार १५:२६ 
  • रसुवा, १६ साउन । हिंसामा परेका महिलालाई संरक्षण एवं उपचार सेवा प्रदान गर्न जिल्ला अस्पतालले पहिलोपटक सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरेको छ । श्रीमान्ले घरबाट निकाला गरेका, बलात्कारमा परेका र अन्य घटनाबाट ग्रसित भएका महिलालाई अस्पतालले उपचार, खानपिन, बसोबास एवं मनोपरामर्श सेवासमेतका कार्य एकीकृतरूपमा अगाडि बढाएको हो ।

    जिल्लाभित्र पर्नसक्ने घटनाको तत्काल समाधान गर्न अस्पतालले पहिलो पटक सञ्चालनमा ल्याएको व्यवस्थापन केन्द्र जिल्लावासीका लागि हितकारी हुने आशा जगाएको छ । एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना भएलगत्तै १२ हिंसापीडित महिलाले यस्ता सुविधा प्राप्त गरिसकेको बताइएको छ । उपचार सेवामा कार्यरत डा कौसिक सापकोटाका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा पीडित महिलालाई राखी २४सै घण्टा उपचार सेवा प्रदान गरी कम्तीमा १० दिन अस्पताल हातामै राखिने छ ।

    बलात्कार, यौनजन्य दुव्र्यवहारका साथै बालविवाह एवं जबर्जस्ती विवाह भएका, मानसिक तथा परम्पराको रूढीबादीका आधारमा दुव्र्यवहार भएका महिलालाई समेत उक्त सुविधा प्रदान गरिएको छ । त्यस्ता घटनामा परेका सबैलाई खाने बस्नेका साथै स्वास्थ्य परीक्षण, विधि विज्ञान तथा चिकित्साजन्य कानूनी परीक्षण, घाउचोटको उपचार, मानसिक तनाव कम गराउने मनोसामाजिक परामर्श जस्ता विविध सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.