सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन : ओली


  •    न्युजभित्तो/१६ श्रावण २०७८, शनिबार १४:४६ 
  • काठमाडौं,१६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् ।

    शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

    ‘अब माधव नेपालजस्ता आन्दोलनविरोधीहरुलाई कुनै ठाउँ छैन, जसले वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थीको सरकार बनाउने, दक्षिणपन्थीको सरकारलाई फ्लोर क्रस गरेर भोट हाल्ने’ उनले भने, ‘आफ्नो प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर ढाल्ने । त्यस्ताका लागि ठाउँ छैन ।’

    पार्टीमा बाटो बिराउनेहरुका कारण ठूलो क्षति भएको भन्दै ओलीले ‘मुख्य मुख्य अपराधी’ बाहेक अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘अरु साथीहलाई मौका दिन्छौं । आउनुस् यो पार्टी हामी सबैले बनाएका हौं । गल्ती भइहाले पनि त्यसलाई सच्याउँछौं’ उनले भने ।

    तर पार्टी एकताका नाममा धेरै कुर्न नसकिने अध्यक्ष ओलीले बताए । ‘धेरै चिन्ता गरिरहनुपर्ने छैन, जो आउँदैनन् आँदैनन्, केही साथीहरुसँग कुरा भइरहेको छ’ उनले भने ।

    अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.