सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माछापोखरीमा डुबेर सप्तरीमा ६ वर्षीय बालकको मृत्यु


  •    न्युजभित्तो/१५ श्रावण २०७८, शुक्रबार १६:३६ 
  • सप्तरी,१५ साउन । सप्तरीमा माछापोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका–१ नकटिरायपुर बस्ने अवधिराम यादवका ६ वर्षीय छोरा युवराजको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घरको छेउमा रहेको माछापोखरीमा बच्चाहरुसँग खेल्ने क्रममा डुबेर सिकिस्त भएका युवराजलाई उपचारका लागि अस्पतालतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
    होली भिजन पब्लिक स्कुल, शिक्षक अभिभावक संघमा न्यौपानेको नेतृत्व
    सीपलाई आयआर्जनसँग जोड्न सके समतामूलक समाज निर्माणमा टेवा पुग्छः मन्त्री तामाङ
    • माडीबाट वाल्मीकिसम्मको यात्रा: मनोरञ्जनसँगै चिन्ताको अनुभूति
    • नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघमा नयाँ नेतृत्व, अध्यक्षमा कुँवर
    • नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    • विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.