सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

३१ महिनामा सक्नुपर्ने नलगाडको डिपिआर चार वर्षसम्म अधुरै


  •    न्युजभित्तो/१५ श्रावण २०७८, शुक्रबार १५:४१ 
  • जाजरकोट, १५ साउन । नलगाड नगरपालिकामा निर्माण हुने भनिएको नलगाड जलविद्युत् आयोजना (४१७) को डिपिआर ६० महिनासम्म पूरा भएको छैन । कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)मा प्रगति नहुँदा ढिलाइ हुँदै गएको छ ।

    आयोजनाको डिपिआरको काम अष्टे«लियन कम्पनी स्मेकले गरिरहेको छ । स्मेकले डिपिआरको काम करीब ८५ प्रतिशत सकिएको र बाँकी १५ प्रतिशत कामका लागि सन् २०२१ को सेप्टेम्बरसम्ममा काम पूरा हुने जनाएको छ । स्मेक, एमडब्लुएच र नेपालको उदय जेभीले संयुक्तरुपमा डिपिआरको काम गरिरहेका छन् । सन् २०१६ मा नै ३१ महिनामा डिपिआरको कामसक्ने गरी नलगाड जलविद्युत् कम्पनी र सम्बद्ध परामर्शदाता कम्पनीबीच सम्झौता गरिएको थियो ।

    यसअघि डिपिआरकर्ताको मागअनुसार अगष्ट २०१९ मा पहिलोपटक तीन महिना र अगष्टदेखि मे २०२० सम्म नौ महिना दोस्रोेपटक डिपिआरको समयावधि थप भइसकेको छ । अझै काम नसकिँदा कामको गतिदेखि स्थानीयवासी शङ्का गर्न थालेका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई क्षेत्रीय ऊर्जा सन्तुलन कायम गर्न तथा कर्णालीको विकासमा कोसेढुङ्गा सावित हुनेरूपमा अघि बढाएको छ । सरकारले उक्त आयोजनाका लागि वैदेशिक लगानी जुटाउन प्रयास गर्दै आएको छ । जापानी अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका० ले आयोजनामा लगानी गर्ने इच्छा राख्दै आएको छ । त्यसबारे मन्त्री, सचिव र सहसचिवस्तरमा जाइकासँग पटकपटक छलफल गरिएको थियो ।

    डिपिआरको हालसम्मको तयार भएको विवरणअनुसार आयोजना निर्माणमा प्रसारण लाइनबाहेक प्रतिमेगावाट लागत रु ३१ करोड र प्रसारण लाइनसहित रु ३५ करोड खर्च हुने देखिएको छ । जलाशययुक्त आयोजना भएका कारण जलाशय निर्माणमा बढी खर्च हुने भएकाले अन्य आयोजनामा भन्दा लागत बढी लाग्ने देखिएको हो ।

    नलगाड–७ दल्लीमा विद्युत्गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल निर्माण हुनेछ । नलगाडस्थित नलगाड खोला र ठूलीभेरीको दोभान दल्लीमा भूमिगत पावर हाउस निर्माण हुनेछ । आयोजनाका लागि बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८।५ किमी लामो मुख्य सुरुङ र दुईदेखि तीन किलो मिटरसम्मका तीन सहायक सुरुङ बन्नेछन् ।

    यस्तै २४८ मिटर अग्लो बाँध निर्माण हुनेछ । जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुनेछ । आयोजनामा चार टर्वाइन रहने छन् । प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट एक वर्षमा एक हजार २३२ मेगावाट (घण्टा) ऊर्जा उत्पादन हुनेछ ।

    आयोजनाबाट उत्पादित विद्युत् ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको कोहलपुर सवस्टेशनमा जोडिने छ । नलगाडकै दानीपीपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माण कार्य जारी छ । नलगाड निर्माणकै लागि भन्दै चार मेगावाटको ताँसुगाड जलविद्युत् आयोजनाको काम गर्नका लागि डिपिआरको काम जारी छ ।

    अहिलेसम्म आयोजनाको यस्तो छ प्रगति

    साठी महिना पूरा हुँदासम्म आयोजना निर्माणस्थल र बाँधस्थलमा ९मेकानिकल टेष्ट० ढुङ्गाको क्षमता जाँचको काम सकिएको छ । भूमिगत विद्युत् उत्पादन गृहमा ३२० मिटर लामो सुरुङ निर्माण भएको छ भने बाँकी ५५ मिटर खन्न बाँकी छ ।

    सो कामका लागि भारतलगायत देशबाट मजदूर आउने क्रममा रहेको आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिनुभयो । आयोजनाको डिपिआरको काम तोकिएको मितिभन्दा ढिला गरेको भन्दै सरकारलाई डिपिआर गर्ने कम्पनीले १० प्रतिशत विलम्ब शुल्क तिर्नुपर्ने नियम छ ।

    थापाका अनुसार पाँच महिनाभित्र काम पूरा हुने अपेक्षा लिइएको छ । आयोजनास्थलमा जग्गा अधिग्रहणको काम सकिएको र बाँकी घरको मुआब्जा दिन मात्र बाँकी छ । घरको मुआब्जा दिनका लागि यही आर्थिक वर्षमा त्यो काम शुरु हुने उहाँले बताउनुभयो । आयोजनास्थलमा ६०० भन्दाबढी घर छन् । विसं २०७६ भदौ २७ गतेदेखि हालसम्म निर्माण हुँदै गरेका घरको मुआब्जा आयोजनाले नदिने निर्णय भएको छ ।

    कालीमाटीदेखि आयोजनास्थलसम्म पुलबाहेक सडक निर्माण कार्य पूरा भएको छ । पुस मसान्तसम्म पुलको कामसक्ने ठेकेदार कम्पनीले जनाएको छ । आयोजनाको विद्युत् उत्पादनगृहदेखि काँडादल्लीसम्मको बाटो निर्माणका लागि प्रदेश वा आयोजना कसले बाटो बनाउने भन्नेमा सल्लाह भइरहेको छ । सर्वेको काम पूरा भएका कारण सडक निर्माणका लागि बोलपत्र खोल्ने काम मात्र बाँकी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.