सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आइएफबीको वासिङ मेसीन खरिदमा सहकारीकर्मीलाई किस्तावन्दी सेवा


  •    न्युजभित्तो/१५ श्रावण २०७८, शुक्रबार १३:५९ 
  • चितवन,१५ साउन ।  नारायणगढ पुलचोकमा रहेको शुभकामना इलेक्ट्रोनिक्सले छुट पछिको सजिलो किस्तावन्दी सेवा सुरु गर्ने भएको छ । सहकारीसँग सहकार्य गर्दै पहिलो चरणमा लुगा धुने (वासिङ मेसीन) लाई सेयर सदस्यको घरमै डेलिभरी दिन लागेको हो । भरतपुर–३ नारायणगढको चन्द्रदर्शन बचत तथा ऋण सहकारीसँग इलेक्ट्रोनिक्स पसलले समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

    अन्य सहकारीसँग पनि समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना बनाएको छ । शुभकामना भारतीय लोकप्रिय आइएफबी ब्राण्डको वासिङ मेसीनको आधिकारीक विक्रेता हो । ६१ हजार देखि १ लाख ४ हजारसम्म मूल्य पर्ने ७ मोडेलका वासीङ मेसीनमा किस्तावन्दी सेवा लागु हुनेछ । सेयर सदस्यले कम्पनीको वास्तविक मूल्यमा केही प्रतिशत छुट पाउने छन् भने सहकारीले पनि विक्रिका आधारमा विभिन्न स्किम सहितको सुविधा पाउनेछन् । बजार डुल्नुपर्ने, बार्गेनिङ गर्नुपर्ने जस्ता झण्झटबाट सहकारीकर्मी लाभान्वित हुन सक्नेछन् ।

    शुभकामना इलेक्ट्रोनिक्सका प्रोपाइटर सूर्यभक्त अधिकारीले सजिलो किस्तावन्दी सेवा मार्फत मासिक ३ हजार देखि ३ हजार ५ सय रुपैयाँ तिरेर वासिङ मेसीन खरिद गर्न सक्ने बताए । सुरुमा वासिङ मेसीनमा सजिलो किस्तावन्दी सेवा लागु गरिएपनि छिटै अन्य घरायसी उपकरणमा समेत यो स्किम ल्याइने बताए । “सुरुमा केही रकम तिरेपछि बाँकी किस्ता सहकारी मार्फतनै लिने गरी योजना ल्याएका हौँ”, उनले भने, “विस्तारै यो अभियानलाई देशव्यापी बनाइनेछ ।” चन्द्रदर्शन सहकारीका प्रमुख कार्यकारी राजन पौडेलले सेयर सदस्यलाई सहुलियत मूल्यमै सजिलै वासिङ मेसीन उपभोग गर्ने वातावरण बनेको बताए ।

    “सुरुमा ३० देखि ५० प्रतिशत भुक्तानी गर्नुपर्नेछ, किस्ता रकम दैनिक वा मासिक रुपमा सहकारीमा बुझाउनुपर्ने हुन्छ”, उनले भने, “६ महिना देखि डेढ वर्षसम्म सबै रकम भुक्तानी हुनेछ ।” यो सुविधाले सेयर सदस्य र सहकारी संस्था दुवै लाभान्वित हुने गरी कार्यविधि बनाइएको बताए । सहकारीले शेयर सदस्यको माग अनुसारको सामानका लागि निश्चित रकम पठाएपछि घरमै पुगेर सामान जडानको सुविधा दिइने बताए ।

    आइएफबी भारतकै पहिलो वासिङ मेसीन उत्पादन गर्ने कम्पनी हो । आइएफबी ब्राण्डको वासिङ मेसीनमा ४ वर्ष फुल पार्टस सहितको वारेन्टी, १० वर्ष मोटरमा वारेन्टी छ । शुभकामना इलेक्ट्रोनिक्सले एक दशकदेखि घरायसी इलेक्ट्रोनिक्स साान विक्रि वितरण तथा सर्भिस सेवा दिदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.