सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दृष्टिविहीन कुँवर जीविका धान्नकै लागि दातृ निकाय गुहार्दै


  •    न्युजभित्तो/१५ श्रावण २०७८, शुक्रबार १३:५३ 
  • कञ्चनपुर, १५ साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्र तारापुरबाट झण्डै दुई दशक अघि विस्थापनमा परेका दृष्टिविहीन ४५ वर्षीय शेरबहादुर कुँवर कृष्णपुर नगरपालिका–२ वाणीको बन्दा नदीको छेउमा बस्दै आउनुभएको छ ।

    निकुञ्जले सशस्त्र द्वन्द्वका बेला सुरक्षा फौज परिचालन गरी विस्तारित क्षेत्रबाट विसंं २०५९ मा धेरै परिवारलाई हटायो । त्यसमध्ये कँुवरको परिवार पनि परेको थियो । निकुञ्जको विस्तारित क्षेत्रबाट हटाइएपछि बास स्थानको खोजी गर्दै कुँवर परिवार नदीको छेउमा बस्दै आएका छन् ।

    “बुबाआमाको मृत्यु पछि तारापुरबाट हटाइएपछि केही समय सडक किनारामै खुला आकाशमा बसे”, कुँवरले भन्नुभयो, “नदी छेउको खाली जग्गामा झुपडी बनाएर बसेपछि सबैले सहयोग गरे, नदी छेउ भएकाले निकै जोखिम छ, अर्को समस्या साँझ बिहानको खाना खर्च जुटाउने नै हो ।”

    कुँवर १४ वर्षको छँदा उहाँका दुवै आँखाको ज्योति गुमेको हो । उहाँले उपचारका लागि भारतको अलइण्डिया, सीतापुर, कैलालीको गेटासम्म पुगे पनि आँखाको गुमेको ज्योति फर्काउन सक्नुभएन । घरका एक्ला कमाउने कुँवरका कान्छा भाइको विसं २०६४ मा २४ वर्षकै उमेरमा भारतमा रेल दुर्घटामा परेर मृत्यु भएपछि भाइ बुहारी र उहाँका दुई बच्चासँग बस्दै आउनुभएको छ ।

    उहाँ बुहारी र भाइका छोराछोरीलाई पढाउने कार्यका लागि खर्चको जोहो मिलाउन दातृ निकाय गुहार्दै आउनुभएको छ । कुँवरले अपाङ्ताका आधारमा पाइने नीलो रङको परिचयपत्र पाउनुभएको छ । त्यसबाट आउने थोरै रकमले घर खर्च चलाउन सकिने अवस्था भने छैन । भाइका छोराछोरीलाई दातृ निकायले दिएको सहयोगले धानिएको उहाँले बताउनुभयो ।

    “जग्गा जमिन छैन, घरमा कमाउने पनि छैनन्, अरुसँगै हात थापेर गुजारा चलाउनु बाध्यता हो”, उहाँले भन्नुभयो, “सरकारले पुनः स्थापन गराएर घरजग्गाको व्यवस्था गरे जीविका चलाउन सहज हुन्थ्यो ।” घरको सबै खर्च दातृ निकायकै भरमा चलेको उहाँ बताउनुहुन्छ । कुँवर अहिलेसम्म अविवाहित हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.