सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खिर खाने दिन अर्थात् साउने १५ पर्व मनाइँदै


  •    न्युजभित्तो/१५ श्रावण २०७८, शुक्रबार ११:१४ 
  • महोत्तरी, १५ साउन । महोत्तरी जिल्लाका गाउँ, नगर बस्तीमा आज साउने १५ पर्व मनाइँदै छ । खासगरी पर्वते मूलका हिन्दूहरुले मनाउने यस पर्वमा खिर खाने परम्पराअनुसार जिल्लाका उत्तरवर्ती क्षेत्रमा दूधको जोहोमा सर्वसाधारण जुटेका छन् । जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा पर्वते मूलका हिन्दू धर्मावलम्बीको सघन बसोबास छ ।

    सामान्यतया असार र साउन मासको धान रोपाइँमा हिलोमा धसिएर काम गर्दा चिसाले गर्ने असर कम गर्न मध्य साउनमा खिर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ । यद्यपि यसपालि असार मध्यपछिको मुसलधारे बर्खासँगैको भेलले रोपेको रोपो बगाएको, गलाएको र त्यसयताका बीउको अभाव एवं डुबान समस्याले अपेक्षित रोपाइँ नभएको यहाँका किसान बताउँछन् ।

    वर्षभरि गुजारा चलाउने मुख्यबाली धान रोपाइँ राम्रो नभएपछि खुशीले भन्दा परम्परा थेग्न मात्रै साउने १५ पर्व मनाइँदै गरिएको सर्वसाधारण किसानको भनाइ छ । पर्वमा खिर खाने परम्परा थेग्न बिहानैदेखि दूधको जोहोमा भौँतारिनुपरेको धेरैजसोले बताएका छन् । पर्वको अवसरमा दूधको एक्कासि अभाव भएको र मूल्य पनि आकासिएको सर्वसाधारणको गुनासो छ । बस्तीमा पछिल्लो एक वर्षयता रु ६० प्रतिलिटर पाइँदै आएको दूध आजचाहिँ रु ८० मा पनि नपाइएको भङ्गाहा–४ रामनगरकी दीपमाया श्रेष्ठ बताउनुहुन्छ । जिल्लाका बर्दिवास, गौशाला र औरहीका बजार क्षेत्रमा पनि दुग्ध पसलमा आज दूध लिनेको भीड छ ।

    साउने १५ पर्वमा विवाह भएर गएका छोरीचेली र ज्वाइँचेलालाई निम्ता गरेर खिर ख्वाउने पुरानो परम्परा रहेको बूढापाका बताउँछन् । जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला र औरही नगर क्षेत्रका बजारमा दूधको माग निकै बढेको यस भेगका दूध व्यापारीले बताएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.