सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन


  •    न्युजभित्तो/१५ श्रावण २०७८, शुक्रबार ११:०८ 
  • काठमाडौँ, १५ साउन । गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको भन्दै उक्त स्थानमा तत्काल प्राविधिक टोली खटाएर अध्ययन गर्न निर्देशन दिनुभएको हो ।

    उहाँले बाढीपहिराका कारण कतिपय स्थानमा आवतजावतसमेत रोकिएको उल्लेख गर्दै त्यस्ता स्थानमा हेलिकोप्टरबाट आपूर्तिको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर क्षतिको अध्ययन गरी प्रतिवेदन पेश गर्न र आवश्यक थप बजेटका लागि अर्थ मन्त्रालयसँग माग गर्नसमेत निर्देशन दिनुभएको छ । छलफलमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.