सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विभिन्न बहानामा शुल्क असुल्दै सामुदायिक विद्यालय


  •    न्युजभित्तो/१३ श्रावण २०७८, बुधबार १६:२० 
  • काठमाडौँ, १३ साउन । केही सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीसँग शुल्क असुल्ने गरेका पाइएको छ । निःशुल्क पढाउनुपर्नेमा अधिकांशले विभिन्न बहानामा शुल्क असुल्ने गरेका अभिभावकको गुनासो छ ।

    जिल्लाको मलङ्गवा नगरपालिका–५, भाँडसरमा रहेको रामगुलाम जनता माविले भर्ना शुल्कको नाममा चर्को शुल्क लिएको स्थानीय अभिभावक रवीन्द्र महतोले बताउनुभयो ।

    प्रधानाध्यापक जुगेश्वर राउतको निर्देशनमा आफूहरुले काम गरिरहेको र उहाँकै निर्देशनमा विद्यार्थीहरुको भर्ना लिँदा विकास शीर्षकमा रकम लिदै लेखा शाखाका कर्मचारी रामविश्वास रायले बताउनुभयो ।
    पहिला शुल्क बुझाएको बिल दिन मिल्दैन भनी पन्छिन खोजे पनि पछि जिद्दी गरेर माग्दा

    भर्नाबापत लिएको शुल्क विकास शुल्कको शीर्षक उल्लेख गरेर बिल दिने गरेको अभिभावक महतोकोे भनाइ छ ।

    माध्यमिक तहसम्म निःशुल्क शिक्षा भए पनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयले भर्ना, परीक्षा, गयल , खेलकूद र विकास शुल्कका नाममा मात्र नभई अङ्ग्रेजी माध्यमको नाममा समेत रकम असुलिरहेका छन् । विद्यार्थीलाई भर्ना गराउँन लाग्दा लेखापाल रायले रु ५०० विद्यालयलाई बुझाउनुपर्ने नबुझाए भर्ना गर्न नमिल्ने बताएको मलङ्गवा नगरपालिका–६ खुटौनाका अभिभावक ललन राय यादवको गुनासो थियो ।

    सरकारले कक्षा १ देखि १२ सम्मको अध्ययनलाई निःशुल्क गरेको छ । बच्चाको नाम लेखिदिनुपयो भनी आग्रह गर्दासमेत नमानेपछि बाध्य भएर रु ५०० बुझाएको र सो बापत रसिद माग्दा भर्ना शुल्क भनेर लिए पनि पछि विकास शुल्क शीर्षक उल्लेख गरेर रसिद दिएको उहाँले बताउनुभयो ।

    प्रअ राउतलाई गैरकानूनी रुपमा विद्यार्थीहरुसँग रकम नअसुल्न पटकपटक आग्रह गर्दासमेत अटेर गरेपछि अभिभावक तथा विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।कार्यालयले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयलाई यसबारे कारबाहीका अघि बढाउन पत्राचार गरेकाले उक्त प्रअ राउतको नाममा स्पष्टीकरण सोधिएको इकाइ प्रमुख रामआधारप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।

    सो पत्र लिएर तेस्रोपटकसम्म विद्यालयमा जाँदा प्रअ र लेखापालले बुझ्न अस्वीकार गरेकाले भएर हुलाकमार्फत पत्र पठाइएको थियो । त्यो पत्र पनि तर उनीहरूले नबुझी पुनः हुलाकमै पठाएको अभिभावकहरुको गुनासो रहेको इकाइ प्रमुख कुशवाहाले बताउनुभयो ।

    तालुक निकायबाट आएको पत्र नबुझेको र आफूखुशी मनोमानी गरेको देखिएकाले विद्यालयमा व्यापक भ्रष्टाचार भएको हुनसक्ने अभिभावकको आरोप थियो । विद्यालय सञ्चालनका लागि सरकारबाट वार्षिक रु ६ लाख प्राप्त हुने गरेकामा विभिन्न बहानामा विद्यार्थीहरुबाट वार्षिक करीब रु चार लाख असुल्दै उनीहरूको भनाइ थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.