सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बलात्कारीलाई कारबाही होस् : सांसद


  •    न्युजभित्तो/१३ श्रावण २०७८, बुधबार १५:३४ 
  • काठमाडौँ, १३ साउन । राष्ट्रियसभाका सांसदले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

    राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात समूहले बलात्कार गरी हत्या गरेको बताउँदै उचित छानबिन गरी दोषी पत्ता लगाई कारबाही गररे पीडितलाई न्याय दिन माग गर्नुभयो ।

    सांसद विमला घिमिरेले भन्नुभयो, “गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करीब चार हजार २०० विद्यालयका लागि रु छ अर्ब रकम विनियोजन भएअनुसार खर्च भएको थियो, स्तरोन्नतिमा खर्च भएको छ, यो वर्ष पनि थप रकम विनियोजन भएको छ, तर सरकार फेरिएसँगै त्यो रकम खर्च नहुने हो कि भन्ने शङ्का बढेको छ, त्यसो नहोस् ।”

    विमला राई पौडेलले औपचारिक वा अनौपचारिक कुनै पनि क्षेत्रमा काम गर्ने घरेलु कामदार कोरोना भाइरस फैलिएसँगै जोखिममा रहेको जनाउँदै सङ्घीय सरकारले वडास्तरमा घरेलु श्रमिकको पञ्जीकरण गर्दै परिचयपत्र वितरण गररे प्राथमिकताका साथ कोरोना खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्नुभयो ।

    सांसद शारदादेवी भट्टले भन्नुभयो, “निर्मला हत्याकाण्ड किन बाहिर आउँदैन, त्यसका बारेमा रहस्य छ, कतै गरीबको छोरी बलात्कार भएकै कारण पत्ता नलागेकै हो कि रु म जतिसक्दो चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न अनुरोध गर्दछु ।”

    सिङ्गबहादुर विश्वकर्माले नागरितासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो पारित हुने गरी प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्नुभयो । सांसद विना पोखरेलले राष्ट्रियसभामा खानेपानीको व्यवस्थासँगै सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.