बागमती प्रदेश सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
न्युजभित्तो/१३ श्रावण २०७८, बुधबार १३:०४
चितवन, १३ साउन । बागमती प्रदेश सरकारले स्वास्थ्य कार्यालय चितवनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णप्रसाद भूर्तेलले सामग्री हस्तान्तरण गर्नुएको हो ।
सो अवसरमा भूर्तेलले बागमती प्रदेश सरकारले चितवन जिल्लालाई विशेष महत्व दिएर हेरेको बताउनुभयो । स्वास्थ्य उपचारका हिसाबले चितवन उत्कृष्ट बन्दै गएको बताउँदै उहाँले भन्नुभयो “चितवनमा धेरै जिल्लाबाट उपचार गर्न आउनुहुन्छ, प्रदेश सरकारले पनि त्यही आधारमा विशेष फोकस गरेको छ ।” उहाँले जिल्लाका गाउँगाउँमा रहेका स्वास्थ्य संस्थासम्म सामग्री पु¥याउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य सेवा भरतपुर केन्द्रीत हुनुभएन, गाउँगाउँका स्वास्थ्य संस्थासम्म सेवालाई चुस्त दुरुस्त बनाउनु पर्छ ।”
सो अवसरमा बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका निर्देशक वसन्त अधिकारीले प्रदेश सरकारले कोरोनाको तेस्रो लहरको तयारी गरिरहेको बताउनुभयो । उहाँले सबै स्वास्थ्य संस्थाहरुलाई नियमित र व्यवस्थित गर्न सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
तेस्रो लहरको तयारी स्वरुप सबै प्रादेशिक अस्पतालहरुमा आईसियू र एचडियू विस्तार गरिएको बताउँदै उहाँले भन्नुभयो “सबै जिल्लामा पिसिआर मेसिन जडानको कार्य अन्तिम चरणमा पुगेको छ ।” स्थानीय तहहरुलाई आवश्यक अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर पुयाईएको बताउँदै उहाँले भन्नुभयो “सबै प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा पुगेको छ । एक साताभित्रै सबै सञ्चालनमा आउँछन् ।”
सो अवसरमा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अमृत महर्जनले प्राप्त सामग्री सातै पालिकामा वितरण गरिने बताउनुभयो । उहाँले प्राप्त सामग्रीको उच्चतम सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा १५ वटा अक्सिजन कन्सन्ट्रेटर लगायत सुजकभर, डिस्पोजेबल क्याप, फेससिल्ड, सेफ्टी गगल्स, एन ९५ माक्स, ग्लोब्स, गाउन सेट, सेनिटाईजर लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । यसैगरी प्रदेश सरकारले रत्ननगर बकुलहर अस्पताललाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।