सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केही स्थानमा भारी वर्षाको सम्भावना, कोशी नदीमा उल्लेख्य बहाव बढ्ने पूर्वानुमान


  •    न्युजभित्तो/१३ श्रावण २०७८, बुधबार ११:२५ 
  • काठमाडौं,१३ साउन । आज कोशी र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढेर सतर्कता आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कर्णाली, महाकाली र यसका सहायक नदीहरुको बहाव भने सामान्य बढ्ने हुने पूर्वानुमान महाशाखाले गरेको छ । नारायणी र यसका सहायक नदीहरुको बहाव भने सामान्य घटबढ हुन सक्ने छ ।

    महाशाखाले बुधबार बिहान सात बजे जारी गरेको आगामी २४ घण्टाको बाढी पूर्वानुमान बुलेटिनमा उक्त कुरा उल्लेख छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको छ । त्यसैले बुधबार प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बाढी पूर्वानुमान बुलेटिनमा लेखिएअनुसार प्रदेश १ को ताप्लेजुङ र संखुवासभा, प्रदेश २ को सप्तरी, सिरहा, धनुषा र महोत्तरी, लुम्बिनी प्रदेशको दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, रसुवा, नुवाकोट र धादिङमा बाढीको मध्यम जोखिम छ ।

    यसैगरी गण्डकी प्रदेशको लम्जुङ, बाग्लुङ र पर्वत, लुम्बिनी प्रदेशको प्युठान, गुल्मी, रुपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डोटी र डडेलधुरा पनि आगामी २४ घण्टासम्म बाढीको मध्यम जोखिममा रहेको पूर्वानुमान बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यी जिल्लाहरुमा सतर्कता अपनाउन महाशाखाले सरोकारवाहरुलाई अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.