सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रासस भरतपुर कार्यालयको अनुगमन तथा निरीक्षण


  •    न्युजभित्तो/१३ श्रावण २०७८, बुधबार १०:३० 
  • भरतपुर, १३ साउन । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले रासस भरतपुर कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उहाँले मङ्गलबार कार्यालयको अवस्था र भएका कामका विषयमा जानकारी लिनुभयो ।

    सो अवसरमा उहाँले सत्य, तथ्य र यथार्थपरक गुणस्तरीय समाचार सम्प्रेषणमा राससकर्मी लाग्नुपर्ने बताउनुभयो । जिल्लाका हरेक पालिकाका खबर राससमार्फत आइरहेकाले त्यसलाई अझै प्र्रभावकारी र विश्वसनीय बनाउनुपर्ने उहाँको भनाइ थियो । महाप्रबन्धक राईले राससलाई थप परिष्कृत र परिमार्जित गरी सुदृढ बनाउँदै लैजाने बताउनुभयो ।

    कार्यालय प्रमुख नारायण अधिकारीले कार्यालयको भवन जीर्ण बन्दै गएकाले नयाँ भवनका लागि पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले रासस चितवनबाट भएका काम कारवाही र गतिविधिका विषयमा समेत जानकारी गराउनुभएको थियो । निरीक्षणका क्रममा राससका प्रशासन प्रमुख उत्तम सिलवाल, सह–समाचारदाता प्रकाश सिलवालको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.