सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख गुरुङ र शेरचन एउटै गाउँवासी


  •    न्युजभित्तो/१३ श्रावण २०७८, बुधबार १०:१२ 
  • चितवन, १३ साउन । फरक विचारको राजनीति जीवनयात्रामा रहनुभएका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुनुहुन्छ । सरकारले मङ्गलबार उहाँहरु दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो । शेरचन लुम्बिनी र गुरूङ गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ ।

    दुवै जना भरतपुर महानगरपालिका–२६ दिव्यनगर गाउँका हुनुहुन्छ । भरतपुर–मेघौली सडकमा पर्ने थकाली चोकमा शेरचनको र धर्मभकारी चोकमा गुरूङको घर पर्दछ । वामपन्थी राजनीतिबाट अघि बढ्नुभएका शेरचन र कांग्रेसको राजनीतिमा अघि बढ्नुभएका गुरुङ दुवैले इमान्दार नेताको छवि बनाउनुभएको छ । विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं ३ बाट दुवै जना उम्मेदवार हुनुहुन्थ्यो । त्यतिबेला शेरचनले जित्नुभयो भने गुरुङ निकटतम प्रतिद्वन्द्वी बन्नुभयो ।

    को हुनुहुन्छ शेरचन ?

    इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्नुहुन्छ शेरचन । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताउनुभएका उहाँ निर्भीक, निडर र इमान्दार मानिनुहुन्छ । विसं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा बडिबहादुर र उमादेवीका पुत्रका रूपमा जन्मनुभएका उहाँ हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा हुनुहुन्छ । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आउनुभएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन)को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव हुनुभएको थियो । तत्कालीन समयमा पञ्चायतविरोधी अभियानमा सक्रिय उहाँले विभिन्न समयमा कारागार जीवन बिताउनुभएको छ ।

    विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य हुनुहुन्थ्यो । शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो । पछि त्यसैलाई एकता केन्द्रका रूपमा घोषणा गरिएको वामपन्थी नेता साध्यबहादुर भण्डारीले जानकारी दिनुभयो ।

    नेता भण्डारीका अनुसार पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टीसमेत एकता केन्द्रमा समाहित भएको थियो । शेरचन विसं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष हुनुभयो । त्यसको केन्द्रीय अध्यक्षमा डा बाबुराम भट्टराई हुनुहुन्थ्यो । नेता भण्डारीका अनुसार विसं २०५१ मा संयुक्त जनमोर्चाबाट डा भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो ।

    एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बन्नुभएका शेरचन चितवन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभयो । विसं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै हुनुभयो । विसं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा ९माओवादी०मा समाहित भएको थियो । उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बन्नुभएको थियो । यससँगै उहाँले पार्टीको अनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गर्नुभयो । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत बन्नुभएको थियो ।

    विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उहाँ चितवन क्षेत्र नं ५ बाट विजयी हुनुभयो । राज्य विद्रोहको मुद्दा लागेर पटकपटक हिरासतमा रहँदा त्यहीँ प्रहरीलाई समेत कुटपिट गर्नुभएका शेरचन कम्युनिष्ट नेताहरुमध्येका साहसी नेता भएको उहाँसँग निकट रहेर राजनीति गर्नुभएका माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले राससलाई बताउनुभयो । शेरचन नेकपा ९एमाले० र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटीको आमन्त्रित सदस्य हुनुहुन्थ्यो । यसअघि उहाँ गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँको ठाउँमा चितवनकै सीता पौडेललाई नियुक्त गरेको थियो ।

    को हुनुहुन्छ गुरुङ ?

    विसं २००६ माघ २५ गते कास्कीको घलेल गाउँमा जन्मिनुभएका गुरुङले प्राथमिक शिक्षा त्यहीँको घलेल गाउँमा अध्ययन गर्नुभयो । विसं २०१८ मा चितवन झर्नुभएका गुरुङले विसं २०२४ मा जुद्धोजय हाइस्कूल काठमाडौँबाट एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँले अमृत साइन्स कलेजबाट आइएस्सी, त्रिचन्द्र कलेजबाट बिएस्सी र त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी उत्तीर्ण गर्नुभयो ।

    विसं २०३४ मा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापकमा नियुक्त हुनुभएका उहाँ त्यसको एक वर्षपछि राजनीतिक मुद्दा लागेर बर्खास्तमा पर्नुभयो । विसं २०३६ को जनमतसङ्ग्रहमा कास्कीको निर्वाचनमा सक्रियरूपमा लाग्नुभएका गुरुङ त्यसपछिका केही वर्ष काठमाडौँमा गैरसरकारी संस्थामा काम गर्नुभयो ।

    विसं २०४२ मा चितवन फर्किनुभएका उहाँ नेपाली कांग्रेस चितवनको सहसचिवमा नियुक्त हुनुभयो । विसं २०४६ को जनआन्दोलनमा सङ्घर्ष समितिका पाँच सदस्यमध्ये एक गुरुङ विसं २०४८ मा चितवन क्षेत्र नं ३ बाट शेरचनसँगै चुनावी प्रतिस्पर्धा गर्नुभयो । निर्वाचनमा पराजयपछि विसं २०४९ मा उहाँ सुकुम्बासी आयोगको केन्द्रीय सदस्य हुनुभयो । त्यतिबेला उहाँ नवलपरासीको इन्चार्ज हुनुहुन्थ्यो ।

    नेपाली कांग्रेसको विभाजनसँगै विसं २०६१ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस ९प्रजातान्त्रिक० चितवनको सभापति बन्नुभयो । पार्टी एकता भएपछि सहसभापति बन्नुभएका गुरुङ त्यसयता कांग्रेस चितवनको सल्लाहकारका रूपमा क्रियाशील हुनुहुन्छ । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ गुरुङ विद्वान र इमान्दार नेता भएको बताउनुहुन्छ । कांग्रेसलाई सशक्त बनाउन उहाँ आफ्नो जीवनभर लागिपरेको श्रेष्ठको भनाइ छ । अन्य प्रशस्त अवसर भएर पनि सबै त्यागेर पूर्णकालीनरूपमा कांग्रेसमा प्रतिबद्ध हुनुभएका गुरुङमाथि सरकारले न्याय गरेको श्रेष्ठले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.