सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पटक-पटक किशोरीलाई बलात्कार गर्नेलाई अदालतले दियो सफाइ


  •    न्युजभित्तो/१२ श्रावण २०७८, मंगलवार १५:१९ 
  • दार्चुला,१२ साउन । जिल्ला अदालत, दार्चुलाले सामूहिक बलात्कारको अभियोग लागेका दुईमध्ये एक जनालाई सफाइ दिएको छ ।

    जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सोमबार सामूहिक बलात्कारको अभियोगमा शैल्यशिखर–९, गाँजरीका १९ वर्षीया सन्तोष महरलाई दोषी ठहर गरेको छ भने नक्तडका २७ वर्षीय सुरेश विष्टलाई सफाइ दिएको हो ।

    पीडित पक्षका अनुसार प्रहरीलाई घटनाबारे जानकारी दिएर बोलाउँदा विष्ट घटनास्थलमै रहेका थिए । उनकै कोठामा तीन दिनसम्म पीडितमाथि जबरजस्ती करणी भएको पिडित पक्षको जाहेरीमा उल्लेख गरिएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले अदालतको आदेशको पूर्णपाठ आउने वित्तिकै पुनरावेदनमा जाने बताएका हुन । जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय, दार्चुलाले पनि अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । जिल्लाका एक प्रहरी अधिकृतका अनुसार घटनामा दुवै कसूरदार छन्, अझ जसको कोठामा घटना भएको छ, उसैलाई सफाइ दिनु आश्चर्यजनक विषय रहेको बताएका छन् ।

    जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले अदालतको आदेशको पूर्णपाठ आउने वित्तिकै पुनरावेदनमा जाने बताएका छन् ।

    गत वर्ष पुस २८ गते एक किशोरी विष्टको जीपमा चढेकी थिइन् । गाडीका सह–चालक महरले गाउँ एकैतिर भएको बताउँदै विवाह गर्ने प्रलोभन देखाएका थिए । २ माघमा फेरि होटलमा लगेर प्रलोभनमा आफूसँग इच्छा विपरीत जबरजस्ती करणी गरेको पीडित युवकतीले बयानमा भनेको प्रहरीले बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.