सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेची प्रादेशिक अस्पताललाई विभिन्न देशका कारितासहरुको आर्थिक सहयोग


  •    न्युजभित्तो/१२ श्रावण २०७८, मंगलवार १०:५८ 
  • झापा, १२ साउन । मेची प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले रु १६ लाखभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।विभिन्न देशका कारितासहरुको आर्थिक सहयोगमा जुटाइएको स्वास्थ्य सामग्री सोमबार अस्पताललाई दोस्रोपटक प्रदान गरिएको हो । दोस्रो लहरको सङ्क्रमण फैलिएयता कारितासले जर्मन कारितासको आर्थिक सहयोगमा रु ११ लाखभन्दा बढीको स्वास्थ्य सामग्री यसअघि नै अस्पताललाई प्रदान गरेको थियो ।

    कारितासले यसपटक रु दुई लाख १० हजार मूल्य बराबरको १० थान अक्सिजन सिलिण्डर, रु पाँच लाख ८० हजार मूल्य बराबरको चार थान अक्सिजन कन्सन्ट्रेटर, रु चार लाख ९५ हजार ७८८ मूल्य बराबरको ४५० सेट पिपिइ, रु एक लाख ३२ हजार मूल्यको १०० बट्टा सर्जिकल पञ्जा, रु ६४ हजार १५ मूल्यको ५१५ बट्टा सर्जिकल मास्क, रु ४९ हजार ९४६ मूल्य बराबरको ३४ थान अक्सोमिटर, रु ४५ हजार ८७ मूल्य बराबरको २१० बट्टा स्यानिटाइजर र रु २४ हजार ९९० मूल्य बराबरको भेन्चुरी मास्क अस्पताललाई प्रदान गरिएकोे संस्थाका कर्मचारी गोविन्दराज कट्टेलले बताउनुभयो ।

    अस्पतालको कोभिड वार्ड परिसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा टङ्कप्रसाद बाराकोटीलाई कारितास नेपाल, दमक शाखा कार्यालय प्रमुख देवेन्द्र पोखरेलले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिएको, सङ्क्रमणदर तीव्र हुँदा र अस्पताल जानुपर्ने बिरामीको सङ्ख्या निकै भएको, धेरै बिरामीमा अक्सिजनको मात्रा कम हुने, श्वासप्रश्वासमा निकै समस्या हुने गरेको पाइएकाले त्यस्तो बेला बढी आवश्यक पर्ने स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको पोखरेलले बताउनुभयो ।

    कारितास नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत मेची अस्पताल नजिक क्षयरोग निवारण संस्थाको परिसरमा अस्पतालसँगको सहकार्यमा कोभिड–१९ हेल्पडेस्क पनि सञ्चालन गरिरहेको छ भने यसै वर्ष झापाकै कमल गाउँपालिकाको आइसोलेशन सेन्टर र दमकमा पनि स्वास्थ्य तथा राहत सामग्री सहयोग गरेको पोखरेलको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.