सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलम्पिकमा ५७ वर्ष : सहभागितामा सीमित


  •    न्युजभित्तो/१० श्रावण २०७८, आईतवार १५:४६ 
  • महेन्द्रनगर, १० साउन । खेलकूदको महाकुम्भ हो ओलम्पिक । यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न । सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ । सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन ।

    खेलाडीको आफ्नो मेहनतले मात्र पदक पाउन कठिन छ । यसका लागि राज्यको लगानी आवश्यक छ । नेपाली खेलाडीले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेका हुन् । हालसम्म नेपाली खेलाडीले पदक प्राप्त गर्न भने सकेका छै्रनन् । ओलम्पिक सहभागितामा मात्र सीमित बनेको छ ।

    सन् १९८८ को दक्षिण कोरियाको सिउलमा भएको ओलम्पिकमा सहभागी कञ्चनपुरका बक्सर विष्णुुबहादुर सिंहले भने एउटा बाउट जित्नुभएको थियो । सो ओलम्पिकमा उहाँसँगै डम्बरदत्त भट्ट पनि सहभागी हुनुभएको थियो । हाल सुदूरपश्चिम खेलकुद प्रशिक्षण विभागको नेतृत्वमा रहनुभएका ओलम्पियन सिंहले सिउल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गर्नुभएको थियो । ।

    सोही संस्करणमा सहभागी तेक्वान्दोका खेलाडी विधान लामाले कास्य पदक जित्नुभए पनि त्यो बेला तेक्वान्दो प्रदर्शनी खेलका रुपमा मात्र समावेश भएकाले त्यसले पदकको मान्यता पाउन सकेन् । बक्सिङका वरिष्ठ प्रशिक्षक एवं ओलम्पियन विष्णुबहादुर सिंहले सिउल ओलम्पिकमा पहिलो खेल पाराग्वेका खेलाडीलाई पराजित गर्नुभएको थियो । “दोस्रो खेल अमेरिकासित परेको थियो”, उहाँले भन्नुभयो, “खेल्दै गर्दा दोस्रो राउण्डमा रेफ्रीले खेल नै रोके ।” उहाँले दोस्रो खेलमा रेफ्री अलमलमा पर्दा आफ्नो खेल अधुरैमा रोकिएको बताउनुभयो । “रिङको कर्नरमा लगेर प्रहार गरिरहेको थिए ।” उहाँले भन्नुभयो, “रेफ्रीले मलाई खेल्न नसक्ने भन्दै खेल नै रोके ।”

    उहाँले ओलम्पिकमा सहभागी हुनुपुर्व दुई महिना थाइल्याण्डमा बन्द प्रशिक्षणमा बसेको बताउनुभयो । “नेपालबाट बन्द प्रशिक्षणका लागि बक्सिङ खेलका सात जना गएका थियौँ”, सिंहले भन्नुभयो, “दुई जना खेलाडीको स्तर नपुगेको भन्दै नेपाल फर्कादिएको थियो ।” उहाँले नेपाली खेलाडीले पदक जित्ने आशा लिए पनि स्तर भने नपुगेको बताउनुभयो ।

    “अरुहरुको चार वर्षे, आठ वर्षे तालिम योजनासहित खेलाडी प्रशिक्षणमा हुन्छन्”, उहाँले भन्नुभयो, “हाम्रो तालिमको स्तर नै पुग्दैन ।” उहाँले खेलाडीलाई वैदेशिक प्रशिक्षण तथा अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराइराख्नुपर्नेमा जोड दिनुभयो ।

    “हरेक खेलाडीले ओलम्पिक खेल्ने चाहना राख्नसक्छन्”, सिंहले भन्नुभयो, “तर बक्सिङमा हामीपछि अहिलेसम्म नेपाली बक्सर पुग्न सकेका छैनन ।” यसैगरी डडेल्लधुराकी सरस्वती भट्टराई रियो ओलम्पिकमा एथ्लेटिक्समा सहभागी हुनुभएको थियो । हाल उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् । त्यसैगरी सोल ओलम्पिकमा सहभागी अर्का बक्सर डम्बरदत्त भट्ट नेपाली खेलाडीहरुको स्तर पदक जित्ने अझै भइनसकेको बताउनुभयो । “अहिले सहभागिता मात्रै होला जस्तो छ”, उहाँले भन्नुभयो, “योजना बनाएर खेलाडीलाई प्रशिक्षणमा गराउन सकिएको छैन ।” उहाँले खेलाडीलाई सधैँ बन्द प्रशिक्षण आवश्यक रहने बताउनुभयो ।

    “उदायमान खेलाडीलाई छुट्टै राखेर अध्ययापनलगायतका प्रबन्ध मिलाउनुपर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रियस्तरको प्रदर्शनले मात्रै बाहिरका प्रतियोगितामा पदकको आश गर्नु बेकार कुरो हो ।” खेलकूदको उर्वरभूमि सुदूरपश्चिम प्रदेशबाट ओलम्पिकसम्मको यात्रा तय गर्ने खेलाडीमा दिपक विष्ट पनि हुनुहुन्छ । उहाँले सन् २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दो खेलमा सहभागिता जनाउनुभएको थियो । हाल टोकियो ओलम्पिकमा सहभागी पौडीकी गौरिका सिंहको पुर्खौली घर सुदूरपश्चिमको बझाङ हो ।

    स्वदेशको प्रशिक्षणको मात्र भरपर्नु परिरहेको ओलम्पियन दिपक विष्ट बताउनुहुन्छ । स्वदेशको प्रशिक्षणले मात्र पदक प्राप्त सहज नहुने हुँदा सरकारले खेलाडीलाई विदेशमा प्रशिक्षणाको व्यवस्था गर्नुपर्नेमा उहाँको जोड छ । ओलम्पिक यात्राको ५७ वर्षपछि नेपालका पाँच खेलाडी हाल टोकियोमा जारी ३२औँ गीष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन् ।

    प्रत्येक चार वर्षमा हुने ओलम्पिक यसपटक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला शुरु भएको हो । कोरोनाका कारण खेल स्थलमा दर्शकलाई प्रतिबन्ध लगाइएको छ । टोकियो ओलम्पिकमा ३३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । यसका लागि ११ हजार ९१ खेलाडी खेल मैदानमा छन् । नेपालबाट पौडीमा गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले सहभागिता जनाउनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.