टोकियो ओलम्पिक : स्केटबोर्डिङमा जापानलाई ऐतिहासिक स्वर्ण न्युजभित्तो/१० श्रावण २०७८, आईतवार ११:४१ काठमाडौं,१० साउन । पहिलो पटक ओलम्पिकमा सहभागी भएको खेल स्केटबोर्डिङमा घरेलु टोली जापानले ऐतिहासिक स्वर्ण जितेको छ । टोकियो ओलम्पिक २०२० अन्तर्गत तेस्रो दिन आइतबार जापानका होरिगोम युतोले यस खेलको पहिलो स्वर्ण जिते । अरिएके स्पोर्ट्स पार्कमा भएको स्केटबोर्डको मेन्स स्ट्रिट फाइनलमा युटोले कूल ३७.१८ स्कोरसहित स्वर्ण जिते । ब्राजिलका होएफलर केलभिनले रजत तथा अमेरिकाका एयटन जागरले कास्य जिते । स्केट बोर्डिङमा स्वर्ण जितेपछि जापानले चीनसमान ३ स्वर्ण जितेको छ । ३ स्वर्ण र १ कास्यसहित जापान शीर्ष स्थानमा उक्लेको छ । चीनले ३ स्वर्ण र २ कास्य जितेको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’ जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
काठमाडौं,१० साउन । पहिलो पटक ओलम्पिकमा सहभागी भएको खेल स्केटबोर्डिङमा घरेलु टोली जापानले ऐतिहासिक स्वर्ण जितेको छ ।
टोकियो ओलम्पिक २०२० अन्तर्गत तेस्रो दिन आइतबार जापानका होरिगोम युतोले यस खेलको पहिलो स्वर्ण जिते ।
अरिएके स्पोर्ट्स पार्कमा भएको स्केटबोर्डको मेन्स स्ट्रिट फाइनलमा युटोले कूल ३७.१८ स्कोरसहित स्वर्ण जिते । ब्राजिलका होएफलर केलभिनले रजत तथा अमेरिकाका एयटन जागरले कास्य जिते ।
स्केट बोर्डिङमा स्वर्ण जितेपछि जापानले चीनसमान ३ स्वर्ण जितेको छ । ३ स्वर्ण र १ कास्यसहित जापान शीर्ष स्थानमा उक्लेको छ । चीनले ३ स्वर्ण र २ कास्य जितेको छ ।