चितवन,९ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पिसिआर परीक्षणबाट १२५ तथा एन्टिजेनबाट १८ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ९६ जना छन् । यस्तै खैरहनीका नगरपालिकाका १४, माडीका ८, रत्ननगरका १४, राप्तीका ६ र कालिकाका ५ जना रहेका छन् । यससँगै जिल्लाभर कुल संक्रमितको संख्या १९ हजार २७५ पुगेको छ ।
संक्रमित मध्ये १६ हजार ९९२ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४१ जना कोरोनामुक्त भएका छन् । १ हजार ८२३ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये एक हजार ७२२ जना होम आइसोलेसनमा छन् भने १२८ जना अस्पताल तथा ११ जना संस्थागत आइसोलेसनमा छन् ।
उता अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३२० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।