सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार


  •    न्युजभित्तो/९ श्रावण २०७८, शनिबार १५:३४ 
  • काठमाडौँ, ९ साउन । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाले संयुक्तरूपमा उपमहानगरपालिकाको नवनिर्मित कार्यालय जनक भवनको उद्घाटन गर्नुभयो ।

    रु आठ करोड १३ लाखमा निर्माण भएको सो छ तले भवनमा ७१ वटा कार्यालयसम्बन्धी कोठा र ३२ वटा शौचालय कक्ष रहेका छन् ।

    प्राचीन मिथिलाका राजा जनकको दरबारका चिन्तन मननका सन्दर्भलाई जीवन्त तुल्याउने उद्देश्यले मूल भवनलाई जनक भवन, भुइँ खण्डलाई शतानन्द सदन ९ राजा जनकका गुरु०, पहिलो खण्डलाई जानकी सदन, दोस्रो खण्डलाई सलहेश सदन, तेस्रो खण्डलाई विदुषी गार्गी सदन, चौथो खण्डलाई विदुषी मैत्रेयी सदन, पाँचौँलाई याज्ञवल्य सदन र छैटौँ खण्डको सभागृहलाई अष्टावक्र नामकरण गरिएको छ ।

    विसं २०१९ मा जनक चोकमा सानो फुसको घर निर्माण भई शुरु भएको नगरपालिका कार्यालय पक्की भवन हुँदै पछिल्लो पटक त्रेतायुगीन प्रेरणा दिने स्वरूपमा निर्माण गरिएको छ ।

    सो अवसरमा उपमहानगरपालिकाका प्रमुख साहले राजा जनकको दरबारका त्रेतायुगीन सन्दर्भलाई जीवन्त तुल्याउने सपना साकार भई आजदेखि नव इतिहास प्रारम्भ भएको धारणा राख्नुभयो ।

    उहाँले उपमहानगरपालिका रूपान्तरणको दिशातर्फ अघि बढेको प्रसङ्ग उल्लेख गर्दै चुनौती भए पनि पूर्वाधार निर्माण, सभ्यता, संस्कृतिको संरक्षण कार्यमा क्रमशः उल्लेखनीय सफलता प्राप्त हुँदै आएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.