सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडक अनुगमनमा सेनाको प्राविधिक टोली


  •    न्युजभित्तो/९ श्रावण २०७८, शनिबार १२:१७ 
  • मनाङ, ९ साउन । गत जेठ १४ गतेदेखि बाढीपहिराको जोखिममा परेको जिल्लाको सडक सञ्जाल पूर्णरुपमा विच्छेद छ । लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको यहाँको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले बगाएको सडकको निसानासमेत विलिन छ ।

    मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै यहाँका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्रयाक खोल्नुपर्ने भएको छ । सडकको निसान पूर्णरुपमा बाढीपहिराले बगाएको छ । त्यस्ता स्थानमा नयाँ ट्रयाक निर्माण गर्न मिल्ने नमिल्ने, सुरक्षित सडक सञ्जाल निर्माणका लागि अध्ययन तथा अनुगमन गर्न पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ सैनिक प्रविधिकको टोलीसहित मनाङ पुग्नुभएको छ ।

    पूर्वमन्त्री गुरुङ नेपाली सेनाका महासेनानी इञ्जिनीयर इन्दीवर गुरुङ, अन्य प्राविधि टोलीसहित गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का तथा समाजसेवी खामसुङ गुरुङ नेपाली सेनाको हेलिकप्टरमार्फत पुग्नुभएको हो ।

    टोलीले धारापानी र ताल क्षेत्रको पनि स्थलगत अवलोकन तथा अध्ययन गरेको स्थानीयवासी थुदेन लामाले जानकारी दिनुभयो । साथै सो टोलीले विभिन्न समयमा आएको बाढीपहिराले अवरुद्ध रहेको बेंसीशहर–चामे सडकखण्ड पुनःसञ्चालन गर्नका लागि अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।

    “लामो समयदेखि लगातारको वर्षाले नयाँ ट्रयाक खोल्दा समस्या हुनसक्छ, पहिले अध्ययन र अनुगमनपश्चात् मात्रै सुरक्षित सडक सञ्जाल निर्माणमा गर्ने सेनाको प्राविधिक टोलीको तयारी छ”, उहाँले भन्नुभयो । माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोली बेंसीशहर–चामे सडकखण्डको नयाँ ट्रयाक खोल्न खटिने जनाइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.