सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना सङ्क्रमणले निकुञ्ज घुम्मने पर्यटक आधा घट्यो


  •    न्युजभित्तो/९ श्रावण २०७८, शनिबार ०९:०४ 
  • चितवनः कोरोना सङ्क्रमण वढे संगै लगाईएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेको छ । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमि आएको हो ।
    चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एबं विदेशी पर्यटक जंगल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ९२ हजार २ सय ९ जना पर्यटकले जंगल सफारी गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा यो संख्या १ लाख ८२ हजार ४ सय ३५ रहेको छ । निकुञ्ज भित्र र वाहिर सामुदायीक वनमा टिकट काटेर पर्यटकीय गतिविधिमा रमाउने पर्यटकको संख्या निकुञ्जले राख्ने गर्दछ । यसका अतिरिक्त पर्यटकीय गतिविधिमा सहभागी नभई पर्यटकीय क्षेत्रहरुमा घुम्न आउनेहरुको तथ्याङ्क राख्ने गरिएको छैन ।
    कार्यालयका अनुसार अघिल्लो आवमा ८९ हजार ४४१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त वर्षमा सार्क राष्ट्रका १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ जना पर्यटकले निकुञ्ज घुमेका थिए । तर, गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका थिए भने सार्क राष्ट्रका १ हजार ३६४ पर्यटक र अन्य मुलुकका १ हजार २४४ जनाले निकुञ्ज घुमेको तथ्यांक छ ।
    निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले कोरोना सङ्क्रमणका कारण पर्यटक आगमनमा कमि आएको बताउनुभयो । अघिल्लो वर्ष मुख्य सिजन सम्म पर्यटक आएको भए पनि गत वर्ष भरनै प्रभावित वनेकाले पर्यटकको संख्यामा कमि आएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा बिदेशी पर्यटक आउन नपाउँदा संख्या निकै कम भएको हो ।
    लकडाउन कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाईएको थियो भने गत वैशाख १६ गते देखि पुनः निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ । केही दिनमानै प्रवेश खुलाईने बरालले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षातको समयमा निकुञ्ज बन्द हुने भए पनि सामुदायीक वनका गतिविधिहरु खोलीने छ ।
    निकुञ्जमा पर्यटक घटे पछि आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष निकुञ्ज घुम्ने पर्यटकको शुल्कबाट रु १८ करोड ७३ लाख ८५ हजार ६४ आम्दानी गरेको निकुञ्जले गत आवमा पर्यटक शुल्क आम्दानी घटेर रु २ करोड ५५ लाख ३७ हजार ८२८ संकलन भएको छ ।

    निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ । ती क्षेत्रबाट अघिल्लो आर्थिक वर्षमा रु १ करोड १८ लाख ७० हजार ६१७ राजस्व संकलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेको छ । ती क्षेत्रबाट रु १ करोड ८८ लाख २४ हजार ३३८ आम्दानी भएको जनाएको छ । निकुञ्जमा हुने आम्दानीको ५० प्रतिशत सम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरि सरकारले फिर्ता पठाउने गर्दछ । आम्दानी घटे संगै यसको प्रत्यक्ष प्रभाव मध्यवर्ती क्षेत्रमा पर्दछ ।
    निकुञ्ज र जनता बिचको द्धन्द्ध घटाउन मध्यवर्तीको अवधारणा ल्याएर यहाँ संकलित राजश्वको ५० प्रतिशत सम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरिएको हो । निकुञ्जमा मुख्य रुपमा हात्तिमा चढेर दुर्लभ वन्यजन्तु एक संगे गैंडा, वाघ, घडियाल गोही, चरा लगाएत हेर्न पर्यटक आउने गर्दछन् । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दिपक भट्टरुाईले भूकम्प, नाकावन्दि, नारायणगढ मुग्लिन सडकको समस्या जस्ता समय समयमा आउने वाधा व्यवधानले खस्किएको यहाँको पर्यटन क्षेत्र कोरोनाबाट थप प्रभावित बनेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.