सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारले ३० हजार मेट्रिकटन चिनी आयात गर्ने


  •    न्युजभित्तो/८ श्रावण २०७८, शुक्रबार १६:५२ 
  • काठमाडौं,८ साउन । सरकारले भन्सार सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्ने भएको छ । ठूला चाडपर्वलाई लक्षित गर्दै ३० हजार मेट्रिकटन चिनी खरिदको लागि अर्थ मन्त्रालयसँग सहमति मागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

    अर्थको सहमति मन्त्रिपरिषद्बाट निर्णय गराएर साल्ट ट्रेडिङ वा खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी आयातको अनुमति दिइने मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

     

    ‘अर्थसँग ३० हजार मेट्रिकटन चिनी खरिदका लागि सहमति मागेको छौं, उसले अनुमति दिएपछि प्रक्रिया बढ्छ,’ सहप्रवक्ता केसीले भनिन् ।

    बजारमा प्रतिकिलो एक सय रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको मन्त्रालयले जनाएको छ । बजार भाउ नियन्त्रणमा राख्न र मुख्य चाडपर्वमा हुने अभाव रोक्न सहुलियतको चिनी खरिद गर्न लागिएको मन्त्रालयको भनाइ छ ।

    अघिल्लो वर्ष पनि सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी खरिद गरेको थियो । तर, निजी चिनी उत्पादकले भने यो वर्ष चिनीको उत्पादन राम्रो हुने भएकाले आयात जरुरी नभएको बताएका छन् ।

    चिनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवाल १२ वटा उद्योग पूर्ण रुपमा सञ्चालनमा रहेको र यो वर्ष दुई लाख मेट्रिकटन चिनी उत्पादन हुने दावी गर्छन् ।

    ‘गत वर्षभन्दा यो पटक ८० हजार मेट्रिकटन बढी चिनी उत्पादन हुन्छ आयात गर्नु पर्दैन,’ अग्रवालले भने । निजी चिनी उत्पादकका अनुसार नेपालमा वाषिर्क साढे दुई लाख मेट्रिकटन चिनीको खपत हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.