सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुजिता मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहन मुद्धामा दाजु पक्राउ


  •    न्युजभित्तो/८ श्रावण २०७८, शुक्रबार १६:३२ 
  •  चितवन, ८ साउन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २३ वर्षिय सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्लाको झापा गाउँपालिका वडा नम्बर ६ शरणामती का २३ वर्षिय उनका दाई सचिन भनिने सुकदेव भण्डारी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको कार्यालयका प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले भण्डारीलाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिनुभयो । सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले उनलाई पक्राउ गरिएको हो । असार ११ गते घरबाट हराएकी भण्डारी २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृत अबस्थामा भेटिएकी थिइन ।

    पक्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बा को छोरा र काकाको छोरी भए पनि दुबै बिचको प्रेम सम्बन्धका रहेको अनुसन्धामा खुलेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्ध भएका उनीहरु एक अर्कामा टाढिएर बस्न नसक्ने भन्दै सुजिताले गरेको बिबहा प्रस्ताब सुकदेवे अस्विकार गरे पछि घटना भएको अधिकारीले बताउनुभयो ।

    उनीहरु बिचको सम्बनध संकास्पद देखिए पछि परिवारले सचेत वनाएको भन्दै अधिकारीले उनीहरु काठमााडैंमा संगै बसि विदेश जाने योजना वनाएको जानकारी दिनुभयो । विदेश जाने योजना बनाइरहेका उनीहरु बिचमा पछिल्लो समयमा अपहरणको बाहना वनाई अन्यत्र गएर बस्ने कुरा भएको बुझिएको प्रहरीको भनाई छ ।

    असार ९ गते उनिहरु बिच विवहाको बिषयमा बिबाद हुँदा सुजिताले विवहा नगरे मर्छु भन्नेको र सुकदेवले जे गर्ने हो गर भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    मृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ । सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यान सम्बन्धि कसुर अन्तर्गत दफा १८५ मा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.