चितवन,८ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडाँ खेतमा बिहिबार बिहान मृत अबस्थामा भेटिएका सेनाका हवल्दारको हत्या संगै काम गर्ने जवानले गरेको खुलेको छ ।
हत्यामा संलङ्न भएको अभियोगमा भरतपुर महानगरपालिका वडा नम्बर २१ घर भई दि फेमस महेन्द्रदल गण शिबपुरीमा कार्यरत सेनाका जवान २६ वर्षिय गंगाधर ढकाललाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको हो ।
धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १३ घर भई ढकाल संगै दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत ३६ वर्षिय भरत गुरुङ मृतअबस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरि निज ढकालले जग्गा किन्न भनि आएका गुरुङ्लाई बिहिबार बिहान ५ वजे झोलामा रहेको हतियार निकालेर मोटरसाईकल पछाडी वसिरहेको अबस्थामा गुरुङ्को हत्या गरेको जनाएको छ । सो हतियार नेपाली सेनाको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले निज ढकालले गुरुङ मोटरसाईकलबाट लडेपछि बोकेर ७–८ मिटरको दुरीमा रहेको कुलोमा फालेर फरार भएको जनाकारी दिनुभयो । घटना पछि निज ढकाललाई भरतपुर महानगरपालिकाकै वडा नम्बर २० चनौलीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । अधिकारीले निज गुरुङ्को खालि चेकबाट रु ९ लाख रकम निकालेर ढकालले रु १ लाख आँफुसंग राखि बाँकी रकम परिवारलाई दिएको समेत बताउनुभयो । प्रारम्भिक अनुसन्धानबाट आर्थिक कारण गुरुङको हत्या भएको बुझिन आएको अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले घटना स्थलमा गोलीको खोका एक थान वरामद गरेको छ । ढकाल पक्राउ पछि प्रहरीले बिसहजारी ताल गेट नजिक एसएमजि हतियार एक थान, त्यसमा लाग्ने गोली सात थान वरामत गरेको छ । गोली निजको दिदिको घर सौराहाचोक टाँडीबाट वरामत गरिएको हो । यसैगरि ढकालको परिवारका सदस्यबाट रु ९ लाख वरामद गरिएको छ भने निजको दिदिको सौराहाचोकबाटनै एकथान झोला वरामद गरिएको छ । प्रहरीले निजले प्रयोग गरेको एक थान मोटरसाईकल, लगाएको एक जोर जुत्ता र कम्यावड चुस्ता एक थान बरामद गरेको जनाएको छ ।
घटना अघि साउन ५ गते गुरुङले ढकाललाई जग्गा पास गर्नु पर्ने भन्दै लिन काठमााडैं बोलाएको र सोही दिन देखि उनिहरु संगै रहेको खुल्न आएको प्रहरीले जनाएको छ । अधिकारीले निज ढकाललाई मुलुकी अपराध सहिता २०७४ परिच्छेद १२ ज्यान सम्बन्धि कसुर अन्तर्गत दफा १७७ अनुसार जन्मकैदको माग दावि गर्दै मुद्धा दर्ता गरिने बताउनुभयो ।