सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नक्कली कागजात बनाई ७४ लाख ठगी, तीन पक्राउ


  •    न्युजभित्तो/८ श्रावण २०७८, शुक्रबार १५:१७ 
  • काठमाडौं,८ साउन । नेपाल प्रहरीले कामदार भिसामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिसा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुरुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार अमेरिकामा रहेकी दिव्या राणाले कृषि फर्ममा ‘वर्क पर्मिट भिषा’ दिलाउँछु भनी प्रलोभन देखाएकी थिइन् । काठमाडौँमा रहेका भुसाललाई सम्पर्क गरेर तिनैमार्फत ठगी गरिएको थियो ।

    “पक्राउ परेकाले पीडितलाई अमेरिकन राजदूतावास काठमाडौँको नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका भुसालले यसअघि अमेरिकामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनी रु २५ लाख ठगी गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.