सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तपाईंलाई मधुमेह (डायबिटिज) छ ? के खाने, के नखाने ?


  •    /८ श्रावण २०७६, बुधबार ०८:५९ 
  • भूपाल बानियाँ, डाइटिसियन

    मधुमेह अर्थात डायबिटिजलाई चिनी रोग पनि भनिन्छ । नेपालमा यो रोग लागेका मानिसहरु धेरै छन् । तर कतिपयलाई मधुमेह भएपछि के खान हुन्छ र के खान हुँदैन भन्ने थाहा छैन । यहाँ मधुमेहका विरामीले के गर्न हुन्छ र के हुँदैन भन्नेबारे चर्चा गरिएको छ ।

    के हो मधुमेह ?
    प्याङक्रियाजले यथेष्ट मात्रामा इन्सुलिन नामक हर्मोनको विकास गर्न नसक्दा वा शरीरले उत्पादन गर्ने इन्सुलिनलाई शरीर आफैले प्रयोग गर्न नसक्दा मानिसलाई मधुमेह हुने गर्छ । हाइपरग्लाइसेमिया अथवा रगतमा सुगरको मात्रा बढ्नु नै मधुमेहको मुख्य कारण हो । मधुमेह भएका व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान दिन नसके त्यसले उनीहरुको आँखा, मुटु, किड्नी, नशा लगायत शरीरका विभिन्न अंगलाई असर पार्न सक्छ । यसबाट बच्न मधुमेहका विरामीले आफ्ना खानपानमा ध्यान दिनु निकै आवश्यक हुन्छ ।

    सामान्यतया, हामीले खाएको खाना ग्लुकोजमा परिणत हुन्छ । यसले शरीरलाई इनर्जी प्रदान गर्छ । तर मधुमेह भइसकेपछि उक्त ग्लुकोज इनर्जीको रुपमा परिणत हुन सक्तैन । र, शरीरमा विभिन्न समस्या देखा पर्छ । यसबाट बच्न मधुमेहका विरामीले विशेषगरी खानपानमा ध्यान दिनुपर्छ । प्रायःजसो मधुमेहका विरामी भात कम खाने र मकैको च्याँख्ला धेरै खाने गर्दछन् । जबकि क्यालोरीको हिसाबले भात र च्याँख्लामा खासै अन्तर पाईँदैन

    तर, हामीमध्ये धेरैलाई यस्तो रोग लागेमा के खाने के नखाने थाहा नहुन सक्छ । जसले गर्दा गुलियोबाट टाढा हुदाँहुँदै पनि हाम्रो रगतमा भने सुगरको मात्रा कम हुनुको सट्टा झन झन् बढ्ने गर्छ ।

    भात र च्याँख्ला बीचको फरक
    प्रायःजसो मधुमेहका विरामी भात कम खाने र मकैको च्याँख्ला धेरै खाने गर्दछन् । जबकि क्यालोरीको हिसाबले भात र च्याँख्लामा खासै अन्तर पाईँदैन । एउटै मात्र फरक भनेको भातमा ‘जी आई’ लेभल धेरै हुन्छ भने च्याँख्लामा कम हुन्छ । तर, मानिसहरुले नबुझेर मधुमेह भइसकेपछि पनि टन्न भातै खाने गर्छन् । भात नभए, भातको साटो च्याँख्लालाई नै रोज्छन् र सोच्छन् कि अब सुगर कम हुने भयो । जुन एउटा भ्रम मात्र हो ।

    सामान्यतः औषधी सेवन पश्चात्त पनि भातको साटो भातकै अनुपातमा च्याँख्ला सेवन गर्नाले मानिसको शरीरले भातले जत्तिकै क्यालोरी पाउने गर्छ । जसले गर्दा मधुमेहका विरामीको सुगरको लेभल कम हुनु साटो बझन् बढ्ने गर्छ । त्यस्तै, च्याँख्लासित प्रशस्त मात्रामा दाल पिउने पनि हामी नेपालीको बानी छ । हामी दाललाई प्रोटिनका रुपमा लिने गर्छौ । तर, स्मरण रहोस् दालमा झण्डै ५० प्रतिशत कार्वोहाइड्रेट पाइन्छ । जसले सुगरलाई कम गर्नुको साटो बढाउने गर्छ । त्यसैले मधुमेहका विरामीले दाल खाँदा जहिले पनि पातलो दाल मात्र सेवन गर्नु पर्छ ।

    त्यस्तै, खानाको थाली लिँदा भात र दालभन्दा सागसब्जी र सलादको अनुपातलाई बढाउँदै लैजानुपर्छ । यसले तपाईको सुगर लेभललाई नियन्त्रण मात्र गर्दैन, कम समेत गर्दै लैजान्छ । जबकि शरीरलाई चाहिनेभन्दा बढी मात्रामा सुगर खाएमा यसले आँखा, किड्नी, मुटु, नशामा समस्या पैदा गर्छ । त्यस्तै सिधै ग्लुकोज दिने वा चिनी प्रदान गर्ने कुरा नखानु नै उचित हुन्छ ।

    पटक–पटक खाने र समय मिलाएर खाने
    चिकित्सकको सल्लाह अनुसार मधुमेहका विरामीले जहिले पनि उचित समयमा र चार घण्टाको फरकमा खाना खानुपर्छ । त्यस्तै, पटक–पटक खानुपर्छ ।

    विशेषगरी मधुमेहमा क्यालोरीले प्रभाव पार्ने हुँदा मधुमेह भएका व्यक्तिले जहिले पनि उचित परिमाणमा अर्थात तौल, उचाई र बडी मास इन्डक्सको आधारमा आफुलाई कति क्यालोरी चाहिन्छ भन्ने बुझेर पोषण विशेषज्ञसितको राय सुझावको आधारमा खाना खानु पर्छ । त्यसरी खाँदा चाहिने भन्दा कम र बढी क्यालोरीयुक्त खाना खानु पनि मधुमेहका विरामीहरुका लागि घातक हुनसक्छ । सामान्यतयाः कुनै पनि व्यक्तिले ग्रहण गर्ने क्यालोरी उनीहरुको काम अनुसार फरक पर्ने गर्छ । कोही मान्छे बढी पसिना बगाउँछ भने उसलाई बढी क्यालोरीको आवश्यक्ता हुन्छ भने टेबलमा बसेर काम गर्ने मानिसलाई कम क्यालोरीको आवश्यक्ता पर्दछ । सामान्यतयाः एकजना व्यक्तिलाई २००० देखि ३००० क्यालोरी आवश्यक्ता पर्छ ।

    कसरी मिलाउने क्यालोरी र खाना ?
    खानाको क्यालोरीलाई विहानदेखि बेलुकीको खानामा विभाजन गर्नु पर्छ । जस्तै,
    विहान ६ बजे एक कप कालो चिया र तीन टुक्रा सुगररहित बिस्कुट, त्यसको चार घण्टापछि करिब १० बजेतिर खाना । मानौं उक्त व्यक्तिलाई दिनभरमा २१०० क्यालोरी आवश्यक छ भने विहानमा ९० ग्राम चामलको भात, सागसब्जी, सलाद बढाएर खाने । थोरै मात्रामा पातलो दालको सेवन गर्ने । खानामा ठिक्क मात्र तेलको प्रयोग गर्ने । त्यस्तै, दिउँसो १ देखि २ बजेको बीचमा हल्का खाजा । नेपालीको भनाईमा आधारित रहेर दुई देखि तीन मुठ्ठी सम्म नास्ता जसमा चिउरा, रोटी, पास्ता, ओट मिल, सुप लगायतका खाना पर्न सक्दछ । त्यो खाने । फेरि चार र पाँच बजे एक सय देखि दुई सय ग्राम फलफुल खान सकिन्छ र राति सुत्ने बेला तीनवटा रोटी तथा तरकारी खाएर पनि आफ्नो आहारलाई व्यवस्थित गर्न सकिन्छ ।

    यसले पटक–पटक आहारलाई व्यवस्थित गर्नुका साथै शरीरलाई चाहिने मात्रामा क्यालोरी प्रदान गर्दछ । यसले खानाको परिमाण पनि पुग्छ र खानाको समय तालिका पनि मिल्छ । जबकि शरीरलाई चाहिनेभन्दा बढी मात्रामा सुगर खाएमा यसले आँखा, किड्नी, मुटु, नशामा समस्या पैदा गर्छ । त्यस्तै सिधै ग्लुकोज दिने वा चिनी प्रदान गर्ने कुरा नखानु नै उचित हुन्छ ।

    मधुमेहका बिरामीले के खाने, के नखाने ?

    मधुमेहका बिरामीले सिधै ग्लुकोज तथा चिनी पाइने खानाको खाना कहिल्यै पनि खानुहुँदैन । इन्सुलिनको अभावमा शरीरले ग्रहण गर्ने खानालाई ग्लुकोज मार्फत शरीरले सिधै इनर्जीको रुपमा प्रयोग गर्न नसक्ने हुँदा त्यस्ता विरामीलाई आफुले खाएको खाना शरीरमा पठाउन केही समय लाग्छ । जसले गर्दा सुगर नियन्त्रणमा कठिनाइ हुनसक्छ । यसबाट बच्न तथा सुगर रोकथाम गर्न मधुमेहका विरामीका लागि मेथी निकै लाभदायक छ ।

    स्याउले पनि मधुमेहलाई नियन्त्रण गर्न सघाउ पुर्याउँछ । तर हामीमा के भ्रम छ भने स्याउमा गुलियो पदार्थ हुने भएकाले यसले मधुमेह बढाउने काम गर्छ । खान हुन्छ भन्दैमा बुझ्दै नबुझी मेथीलाई रातभर भिजाएर सिधै खानु एकदम गलत हो । यसमा निश्चित केमिकल्स हुने हुँदा सिधै मेथीको सेवनले किड्नी तथा लिभरलाई असर गर्ने गर्छ । त्यसैले, मेथी खाने एकमात्र उपाय भनेको मेथीलाई खानामा फुराएर खानु हो । त्यस्तै, फापरको रोटीले पनि मधुमेहलाई नियन्त्रण गर्ने काम गर्छ । सिस्नु पनि यो रोगका लागि लाभदायक छ । बेला बेलामा सिस्नुको सुप बनाउने, सिस्नुको धुलोलाई दालमा हालेर खाने वा तरकारीको रुपमा प्रयोग गर्नाले पनि मधुमेह नियन्त्रण गर्न सकिन्छ ।

    त्यस्तै, स्याउले पनि मधुमेहलाई नियन्त्रण गर्न सघाउ पुर्याउँछ । तर हामीमा के भ्रम छ भने स्याउमा गुलियो पदार्थ हुने भएकाले यसले मधुमेह बढाउने काम गर्छ । जबकि स्याउमा भएको गुलियो मधुमेह बढाउने तत्व नभएर फुक्ट्रोस मात्र हो । यसले स्याउलाई गुलियो बनाउँछ । यस अर्थमा दिनमा सयदेखि दुई सय ग्रामसम्म स्याउ खानु मधुमेहका विरामीका लागि फाइदाजनक मानिन्छ । तर, त्यसो भन्दैमा चाहिने भन्दा धेरै स्याउ खाएमा पनि त्यसले बिरामीको आँखा बिग्रने सम्भावना बढी रहन्छ ।

    कालो चिया दिनमा २– ३ कप खाँदा राम्रो हुन्छ । चियामा फाइटोकेमिकल्स पाइन्छ । यसले पनि शरीरबाट मधुमेहको मात्रा कम गर्न सघाउ पुर्याउँछ ।

    मधुमेहका बिरामीले के–के नखाने ?
    मधुमेहका बिरामीले गुलियो, कोक, फ्यान्टा लगायतका सोडा, जुस, घ्यु, चिल्लो, तारेको खानेकुरा, फ्रेन्च फ्राईज, बर्गर, पिज्जा लगायतका आधुनिक खानेकुरा सकेसम्म बार्नुपर्छ ।

    बिरामीले के नगर्ने ?
    मधुमेहका विरामीका लागि बिहान हिँड्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तर, मर्निक वाक गर्ने भन्दैमा विनाखाना भोकोपेट बाहिर निस्कँदा हाइपो ग्लिसेमिया भएर मधुमेहका बिरामी अचानक ढल्ने वा बेहोस हुने गर्दछन् । त्यसैले यो रोग भएका विरामीले बिहान मर्निक वाकमा निस्कनु पूर्व जहिले पनि केही खाएर निस्कनु पर्दछ ।

    मधुमेहका विरामीले ध्यान दिनुपर्ने कुरा

    – आफ्नो शरीरलाई आवश्यक पर्ने क्यालोरी अनुसारको खाना खाने
    – खाना कम पनि नखाने, बढी पनि नखाने
    – चिकित्सकसँगको सल्लाह अनुसार आफ्नो आहार परिवर्तन गर्दागर्दै पनि मधुमेह नियन्त्रण नभए कारण बुझ्ने प्रयास गर्ने
    – आफै चिकित्सक नहुने
    – आफ्नो दैनिक आहारसित सम्बन्धित सबै विवरण चिकित्सकमाझ खुलाउने
    – चिकित्सकले भने अनुसारको क्यालोरीयुक्त आहारमा ध्यान दिने
    – मधुमेहको विरामीले आफ्नो उमेर, उचाई, तौल र शरीरका बनोट अनुसार नै खानाको व्यालेन्स मिलाउनु पर्ने हुँदा डाइटिसियनसितको सल्लाह, सुझाव अनुसार खाना खाएर मधुमेहलाई नियन्त्रण गर्न सके स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक मानिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.