सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुजिता भण्डारी मृत्यु प्रकरण : परिवारले दर्ता गरे आत्महत्या दुरूत्साहनको मुद्दा


  •    न्युजभित्तो/८ श्रावण २०७८, शुक्रबार १४:०० 
  • चितवन,८ साउन । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । असार २० गते मृत भेटिएकी राप्ती नगरपालिका–३ की सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका हुन् ।

    आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी छन् ।

    घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सुजिताको हत्या नभई उनले आत्महत्या गरेको निष्कर्ष नजिक पुगेको छ । त्यसैलाई आधार मानेर सुजिताको परिवारले आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएको हो ।

    घटनामा प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ परेका युवक नाताले सुजिताको दाइ पर्ने जनाइएको छ । काठमाडौंमा पक्राउ परेका युवकलाई प्रहरीले शुक्रबार चितवन ल्याएको हो ।

    शुरुमा परिवारले सुजिताको अपहरण भएको भन्दै प्रहरीमा जानकारी गराएका थिए । असार २० गते ब्रह्मास्थानी सामुदायिक वनको भीरको खोल्सामा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते बिहानबाट हराएकी थिइन् । शव भेटिएपछि स्थानीयले दोषीलाई पत्ता लगाउनुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध र प्रदर्शन समेत गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.