सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोलभेँडाले मूल्य पाएन, कृषक मर्कामा


  •    न्युजभित्तो/८ श्रावण २०७८, शुक्रबार १०:२६ 
  • पाँचथर, ८ साउन । बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन । गत वर्ष यही समय प्रतिकिलो रु २० मा बिक्री भएको गोलभेँडा यसपालि प्रतिकिलो रु १० देखि १२ मा बिक्री भइरहेको छ । गोलभेँडाको अत्यधिक उत्पादन हुने जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका कृषकले यस वर्ष उचित मूल्य प्राप्त गर्न नसकेका हुन् । कोभिड–१९ सङ्क्रमणको महामारी तथा बन्दाबन्दीका कारण बजार प्रभावित हुनुका साथै अत्यधिक वर्षा हुँदा गुणस्तरीय गोलभेँडा उत्पादन नहुँदा मूल्यमा ह्रास आएको हो । गोलभेँडाले गत वर्षको भन्दा कम मात्रै मूल्य पाएपछि कृषक मर्कामा परेका हुन् ।

    “पोहोर साल प्रतिकिलो रु २० भन्दा कम मूल्यमा बेच्नुपरेको थिएन”, याङवरक–६ का गोलभेँडा उत्पादक कृषक रामकुमार गुरागाईँले भन्नुभयो, “यसपालि त रु १०र१२ मा बेच्न पनि कठिन प¥यो ।” बन्दाबन्दीका कारण गोलभेँडाको बिक्रीमा व्यापारीबीच प्रतिस्पर्धा नहुँदा उचित मूल्य पाउन नसकेको कृषक गुरागाईँको भनाइ छ । “हामी कृषक आफैँले बजार पु¥याएर बिक्री गर्न सक्ने अवस्था पनि छैन”, गुरागार्इँले भन्नुभयो, “निषेधाज्ञाका कारण समयमा व्यापारी नआउँदा कति टमाटर त कुहिएर गयो ।” २५ रोपनी खेतमा बर्खे गोलभेँडा लगाउनुभएका गुरागाईँले कम्तीमा रु एक लाख आम्दानी गर्ने सोच बनाउनुभएको थियो । “अघिल्ला वर्षहरुमा रु एक लाख ६० हजारसम्म आम्दानी गरेको थिएँ”, उहाँले भन्नुभयो, “यसपालि त साँवा नै उठेन ।”

    कोभिड–१९ को महामारीका कारण दैनिक उपभोग्य सामग्रीको मूल्य बढेकै समयमा आफूहरुको उत्पादनले मूल्य नपाउँदा समस्या परेको कृषक रीता खड्काको भनाइ छ । “पहिले किन्नुपर्ने सामानको मूल्य सस्तो थियो । तर यसपालि बढेकै बेला हाम्रो उत्पादनले मूल्य पाएन”, खड्काले भन्नुभयो, “पानी धेरै पर्नाले टमाटर कुहिएर जाने समस्या पनि देखियो ।” गोलभेँडा पाकेर झर्न लागेपछि टिपेर राखे पनि समयमा व्यापारी नआउँदा त्यसै खेर फाल्नुपरेको उहाँको गुनासो छ । पाँच रोपनी खेतमा लगाइएको गोलभेँडाबाट कम्तीमा रु ५० हजार आम्दानी गर्ने लक्ष्य बनाउनुभएका याङवरक–६ कात्तिकेका पुष्पलाल पुरी रु १२ हजार पनि आम्दानी नहुँदा निराश हुनुहुन्छ । “बिक्री गरिसक्न लागेँ । तर यसपालि टमाटरसँग धेरै आश छैन”, पुरीले भन्नुभयो, “यसपालि प्रकृतिले नै धोका दियो ।”

    हिलिहाङ–१ का सहकारीकर्मी केशव भण्डारी यस वर्ष गोलभेँडाले उचित मूल्य पाउन नसकेको वताउनुहुन्छ । “रु १०र१२ मा बिक्री भइरहेको छ”, भण्डारीले भन्नुभयो, “यसले कृषकलाई मारमा पा¥यो ।” याङवरक–६ का वडा सदस्य यामकुमार काम्बाङ गोलभेँडाले उचित मूल्य नपाउँदा सयौँ परिवार कृषक मारमा परेको बताउनुहुन्छ । “हामीकहाँ गोलभेँडाको खेती नगर्ने परिवार नै छैनन्”, काम्बाङले भन्नुभयो, “मूल्य निकै कम हुँदा सबै जना मारमा पर्नुभएको छ ।”

    कृषि प्राविधिक, कृषक एवं गोलभेँडाका स्थानीय व्यापारीसमेत रहनुभएका याङवरक–६ का वीरेन्द्र काफ्ले गोलभेँडाले उचित मूल्य पाउन नसक्नुका धेरै कारण रहेको बताउनुहुन्छ । एकै बोटमा धेरै गोलभेँडा फल्नाले गुणस्तर नहुने, गोलभेँडाको आकारले समेत मूल्यमा फरक पार्ने तथा विषादीको अनियन्त्रित प्रयोगले गुणस्तरमा ह्रास आई उचित मूल्य प्राप्त नभएको काफ्ले भनाइ छ । “एउटा बोटमा कति टमाटर फलाउँदासम्म गुणस्तरीय हुन्छ भन्नेदेखि कुन आकारमा फलाउनेसम्मका कुरा टमाटरमा जोडिन्छन्”, काफ्लेले भन्नुभयो, “मुख्य बजारमा नेपालीभन्दा भारतीय टमाटरको खपत बढी हुनाले समेत हाम्रो टमाटरको मूल्य कम हुन गएको हो ।” धेरै फलाउने प्रतिस्पर्धामा कृषकले प्राविधिक सल्लाहबिना विषादीको प्रयोग गर्नाले बर्सेनि गोलभेँडाको मूल्यमा ह्रास आइरहेको र उपभोक्ताले नरुचाएको काफ्लेको भनाइ छ । यहाँ उत्पादित गोलभेँडाको मुख्य बजार तराईका जिल्ला र भारत हो । ढुवानी खर्च, कुहिने तथा बिग्रने गोलभेँडा छुट्याउनु पर्नाले कृषकले प्राप्त गर्ने मूल्य र बजार मूल्यमा न्यूनतम प्रतिकिलो रु १० अन्तर आउने गरेको छ ।

    पाँचथरको हिलिहाङ गाउँपालिकाको वडा नं १, २, ३ र ४ तथा याङवरक गाउँपालिकाको वडा नं ५ र ६ मा गोलभेँडाको अत्यधिक खेती हुने गरेको छ । यहाँका अधिकांश कृषकले गोलभेँडा खेतीबाट प्रशस्तै आम्दानी गर्दै आएका थिए । यस वर्ष मूल्यमा आएको ह्रासले कृषक मारमा परेका छन् । हिलिहाङ र याङवरकका गरी करिब एक हजार ५०० परिवार कृषकले गोलभेँडा खेती गर्दै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.