सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

६० हजारले १५ वर्ष जेल : जीवनभर पश्चाताप


  •    न्युजभित्तो/७ श्रावण २०७८, बिहीबार १५:०१ 
  • चितवन, ७ साउन । जिल्लाको कोराकका एक चेपाङले रु ६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु पयो । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि उहाँका पश्चाताप र नैराश्यतामा बितेका छन् ।

    पुख्र्यौली सम्पत्ति भएकाले परिवारको विछोड त भएन सुख र चैन भने परिवारमा कहिल्यै मिलेन । राप्ती नगरपालिका–१० कोराकका ५९ वर्षीय वीरबहादुर प्रजा (चेपाङ) ४१ वर्षको उमेरमा दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करी मुद्दामा पक्राउ पर्नुभयो । तीन वर्ष अघि आफ्नो १४ वर्ष आठ महिना जेल जीवन बिताएर घर फर्किनुभएका प्रजाले आफ्नै घरमा व्यवसाय थाल्नुभएको छ ।

    जिल्लाको पहाडी क्षेत्रमा पर्ने कोराकको समिटारको उहाँको निवासमा पुग्दा उहाँ काममा व्यस्त हुनुहुन्थ्यो । घरमै मदिरा पसल शुरु गर्नुभएका प्रजाले छुट्टै कोठामा आफ्ना बेदना पोख्दै गर्दा उहाँका आँखा आँशुले रसाएका थिए । विगतको जेलजीवन र त्यसपछिका उहाँका दिन त्यति सुखी र खुशी छैनन् । चितवन, काठमाडौँ, वीरगञ्ज र पोखराका कारागारमा बस्दाको समय सम्झँदै उहाँले भन्नुभयो, “रगतको आँशु बगाएर जेल जीवन पार गरेँ, यो कुकर्ममा जार पनि नलागोस् र जेल जान नपरोस् ।”

    त्यसो त उहाँ रु ६० हजार पाउने लोभमा फस्नुभयो । घिसिङ थरका एक व्यक्तिसँगै दुर्लभ एकसिङ्गे गैँंडा शिकारका क्रममा भरिया बनेर उहाँ निकुञ्ज पुग्नुभयो । तस्कर टोलीको भरियाको काम उहाँले गर्नुभयो । काम फत्ते भएमा रु ६० हजार पाउने लोभ उहाँलाई दिइयो । उहाँ दुई पटक गरेर रु १५ हजार मात्रै पाएको बताउनुहुन्छ । त्यही बीचमा वि सं २०५९ सालतिर घिसिङ समातिएको र उसैका कारण आफू पक्राउ परेको उहाँको भनाइ छ ।

    पक्राउ पर्ने थाहा पाएपछि लुक्न भारत जाने भन्दै पर्साको ठोरी पुगेका प्रजा त्यहाँबाट पारी जान सक्नुभएन । दुई महिनाको आवतजावतपछि ठोरीबाट उहाँ पक्राउ पर्नुभयो । विसं २०५८ तिर भरियाको काम गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “रासन पानी बोकेर पैसा पाइन्छ भनेपछि यो कुकर्ममा लागियो ।” राप्ती नदी तरेर जङ्गलमा बस्दै गर्दा पक्राउ परेर कारवाहीमा परिन्छ भन्ने थाहा भए पनि लुकेर बचिन्छ भन्ने लागेर यस्तो कार्यमा लागेको प्रजा बताउनुहुन्छ ।

    त्यति बेलाको रु ६० हजार धेरै हुने र आर्थिक अभावले गर्दा यो कुकर्ममा लागेको उहाँको भनाइ छ । त्यति बेलाका साथी दौतरीका गाउँमा घर बनेका छन् कतिपयको शहरमा घरसँगै गाडी रहेको सुनाउँदै उहाँले आफ्नो अवस्थालाई आफैले हेर्दा लाज भएको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “उमेर पनि फालियो, समय पनि बित्यो, केही गर्न पनि सकिएन ।”

    आँखाभरी आँशु पार्दै उहाँले जीवनको पहिलो र अन्तिम भूल यही नै भएको सुनाउनुभयो । बाबुको एकमात्रै सन्तान प्रजाले बाबुले जोडको दुई बिघा पाँच कठ्ठा जग्गामध्ये बिक्री गरेर अहिले एक बिघाहा आठ कठ्ठा मात्रै बाँकी छ । जेलबाट छद्दै गर्दा निकुञ्जमा रु चार लाख जरिवानासँगै वकिल र आउजाउलगायतका खर्चमा रु। नौ लाखभन्दा बढी सक्किएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मान्छेले गरेका गलत काम ढिलो छिटो बाहिर आउँछ ।”

    जेल जीवनपछि समाजमा बाच्न पनि कठिन सङ्घर्ष गरिरहनु परेको उहाँले गुनासो गर्नुभयो । “अगाडिबाट नभने पनि गैंँडा चोर्न गएछ, १५ वर्ष जेल बसेर फर्किएको छ भनेर भन्छन्”, उहाँले गुनासो गर्दै भन्नुभयो “चोरीमा गएको पनि हो, जेल पनि बसेकै हो, तर तारन्तर भनिरहँदा दिक्क लाग्छ ।”

    भूकम्प प्राधिकरण र चेपाङ आवास कार्यक्रमले भत्किएको घर बनाईदिएपछि त्यही घरमा उहाँले व्यवसाय शुरु गर्नुभएको छ । जग्गा धितो राखेर रु २० लाख ऋण लिएर व्यवसाय थाल्नुभएका प्रजा विगतलाई भुल्ने प्रयास गर्दै भेट हुनेहरुलाई आपराधिक गतिविधिमा नलाग्न र संरक्षणमा जुट्न सुझाव दिनुहुन्छ । आफ्नो गाउँको सामुदायिक वनमा संरक्षण गरेर विगतको पापलाई पखाल्ने सोचमा उहाँ हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.