रंगशाला निर्माणमा जुर्मुराए चितवनवासी, डा. भट्टराई एक्लैले दिनुभयो दश लाख
/७ श्रावण २०७६, मंगलवार २२:३९
चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न चितवनवासी जुर्मुराएका छन् । केही समय स्थगित भएको रंगशाला निर्माणको काम शुरु भएको दिन मंगलबारबाट सहयोगदाताहरु जुर्मुराएका हुन् ।
मंगलबार साँझ आयोजित एउटै कार्यक्रममा २४ लाख रुपैयाँ भन्दा बढी सहयोग रकम उठेको छ । पुर्वेली समाज चितवनले आयोजना गरेको रकम हस्तान्तरण कार्यक्रममा २४ लाख रुपैयाँ भन्दा बढी रकम जुटेको हो । उक्त कार्यक्रममा चितवनका व्यवसायी डा. तिलचन्द्र भट्टराई एक्लैले १० लाख रुपैयाँ दिने घोषणा गर्नुभयो । उहाँले सोही अवसरमा पाँच लाख रुपैयाँको चेक सिताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गर्नुभयो ।
उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष तथा पोल्ट्री व्यवसायी भट्टराईले घोषणा गरेको बाँकी ५ लाख रुपैयाँ भने केही दिनमा नै उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रमको आयोजक पुर्वेली समाजले रु ५ लाख रुपैयाँ सहयोग गरेको छ । सो अवसरमा समाजका अध्यक्ष डिक बहादुर गुरुङले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष धुर्मुसलाई चेक हस्तान्तरण गर्नुभयो ।
यसैगरी भरतपुर महानगरपालिका वडा न. १२ का अध्यक्ष नरेन्द्र कङ्दङ्वाले पनि आफ्नो ब्यक्तिगत तर्फबाट १ लाख रुपैयाँ तथा श्रीमतीको तर्फबाट १० हजार गरी कुल १ लाख १० हजारको चेक धुर्मुसलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा कुमार डांगीले रंगशाला निर्माणका लागि फाउण्डेसनलाई ५ लाख सहयोग गर्ने घोषणा गर्नुभयो । उहाँले घोषित रकम केही दिनमै उपलब्ध गराउने जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका वडा न ९ का शिव घिमिरेले पनि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले एक लाखभन्दा कम विभिन्न रकमको घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष धुर्मसले अब भने रंगशाला निर्माणका लागि चितवन तातिएको महसुस भएको बताउनुभयो । चितवन निष्कृय भयो भन्ने हल्ला चलिरहदा आजका गतिबिधीले भने चितवन तातिकेको प्रष्ट भएको धुर्मसले बताउनुभयो ।
“हिजोको दिनमा जुन ठाउँमा राष्ट्रिय गौरवको योजना बन्दैछ त्यही ठाउँ किन निष्कृय छ भन्ने धेरैलाई लागेको थियो” उहाँले भन्नुभयो “चितवनलाई के कुरामा चित्त बुझेन छ भन्ने लागिरहेको बेला आजको गतिबिधीले अब चितवन तातिएको प्रष्ट भएको छ ।”
सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले रंगशालाको रोकिएको काम पुनः शुरु भएकै दिन आर्थिक सहयोग संकलन तथा घोषणा कार्यक्रम आयोजना गरेर पुर्वेली समाजले साकारात्मक सन्देश दिएको बताउनुभयो ।
प्रदेश सांसद विजय सुवेदीले हरेक कुराको उत्पत्ती पूर्वबाट भएको बताउँनुहुँदै पूर्वीय समाजले गरेको आर्थिक सहयोगको यो अभियानले सफलता पाउने बताउनुभयो ।
समाजका अध्यक्ष डिक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वा, जिल्ला समन्वयन समिती चितवनका अध्यक्ष कृष्ण कुमार डल्लाकोटी, उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराई लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।