सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यती एयरलाइन्सको सहयोगमा ट्राफिक बत्ती जडान


  •    न्युजभित्तो/७ श्रावण २०७८, बिहीबार १३:४० 
  • काठमाडौँ, ७ साउन । यती एयरलाइन्स प्रालिको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान गरिएको छ ।

    निजी क्षेत्रको हवाई संस्था यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेनगेटमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो । सो ट्राफिक बत्तीको आज बिहान यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

    कार्यक्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले ट्राफिक प्रहरीले शहरलाई सभ्य र अनुशासित बनाउने भएकाले विभिन्न सङ्घसंस्थाको सहकार्यमा उपत्यकाका विभिन्न चोकमा ट्राफिक बत्ती जडान कार्यलाई प्राथमिकता दिएको बताउनुभयो । ट्राफिक बत्तीले ट्राफिक व्यवस्थापनमा सहजता ल्याई चालकलाई सभ्य र अनुशासित सिकाउने अपेक्षा लिएको उहाँको भनाइ छ । यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत रिमालले यती एयरलाइन्सले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्ट भित्रिने मुख्य प्रवेशद्वारमा ट्राफिक बत्ती जडान गरेको बताउनुभयो ।

    एयरलाइन्सका प्रशासन निर्देशक अन्जन बड्गामीले यतीले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताउनुभयो । काठमाडौँ महानगरपालिका–९ का वडा सदस्य टेकराज अधिकारीले विदेशी पर्यटक बाहिर निस्कने ठाउँमा यस्तो सङ्केत बत्ती राख्ने काम सराहनीय कार्य भएको बताउँदै यसको संरक्षण र निरन्तरताका लागि वडाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सो अवसरमा एयरलाइन्सका सिइओ रिमालले ट्राफिक सङ्केत बत्ती कन्ट्रोल स्वीचको साँचो महानगरीय ट्राफिक महाशाखा प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो । यती एयरलाइन्सले यसभन्दा पहिले ट्राफिक प्रहरीको सहजताका लागि गौशालामा ट्राफिक आयल्याण्ड निर्माण गर्नुका साथै ट्राफिक प्रहरीलाई एक हजार थान फ्लोसेन्ट जकेट वितरण गरेको एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.