सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन मेडिकल कलेजमा प्रा.डा.अनिल आचार्यको नेतृत्वमा मुटुको शल्यक्रिया सेवा पुनः शुरु


  •    न्युजभित्तो/७ श्रावण २०७८, बिहीबार १३:२७ 
  • चितवन, ७ साउन । चितवन मेडिकल कलेजमा काठमाण्डौंको गंगालाल हृदयरोग केन्द्रमा १० वर्षको अनुभव भएका चिकित्सकद्वारा नियमित परीक्षण र शल्यक्रिया सेवा शुरु भएको छ । प्रा.डा.अनिल आचार्यको नेतृत्वमा मुटुको शल्यक्रिया सेवा पुनः शुरु भएको हो । विगत केही वर्ष अघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । कलेजले सेवा शुरु गरेसँगै मुटुको एउटा शल्यक्रिया समेत सफल रुपमा सम्पन्न गरेको छ ।

    अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले कलेजमा अब नियमित मुटुको शल्यक्रिया हुने बताउनुभयो । यस विभागको नेतृत्व प्रा.डा. आचार्यले गर्नुभएको छ । दश वर्ष काठमाण्डौंको गंगालाल हृदयरोग केन्द्र र तीन वर्ष मेडिसिटी हस्पिटलमा तीन हजारभन्दा बढी मुटुको शल्यक्रिया गरिसक्नु भएका आचार्यको नेतृत्वमा यस कलेजमा सेवा शुरु गरिएको न्यौपानेले जानकारी दिनुभयो ।

    आचार्यसँगै कार्डियक सर्जन डा. अल्का सिंह सहितको टोलीले मुटुका विभिन्न शल्यक्रिया गर्ने उहाँको भनाई छ । टोलीले हालै चितवनकै एक २४ वर्षिया युवतीको मुटुको शल्यक्रिया गरेको छ । सोही अस्पतालमा कार्यरत स्टाफ नर्सको मुटुको शल्यक्रिया गरिएको हो । प्रा.डा. आचार्यले भन्नुभयो “मुटुको चार कोठामध्ये माथिको दुई कोठाको बीचमा प्वाल परेको थियो ।” जन्मजात यो समस्या भएकी २४ वर्षिया युवतीको सफल शल्यक्रिया गरिएको हो । अस्पतालमा शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण र पर्याप्त जनशक्ति भएकाले नियमित यो सेवा दिन सकिने उहाँको भनाई छ । उहाँले थप्नुभयो “हामी यहाँ गंगालालमा हुने खर्चमा मुटुका सबै खाले शल्यक्रिया गर्न सक्छौं ।”

    यो सेवा राजधानी केन्द्रत भएपछि मोफसलमा सेवा दिनका लागि आफूले राजधानी छाडेको भन्दै उहाँले अब मुटुको शल्यक्रियाका लागि राजधानी पुगेर पालो कुर्न नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सरकारी अस्पतालमा हुने खर्चमा त्यही सरहको सेवा पालो कुर्न नपरी दिन सक्छौं ।” मोफसलमा यस विषयमा बुझाउन केही समय लाग्ने भन्दै उहाँले सरकारले दिने रु. एक लाखको असहाय उपचार सहयोग र स्वास्थ्य बीमाको सेवा पनि यहाँ पाईने जानकारी दिनुभयो ।

    सरकारले काठमाण्डौंका गंगालाल र मनमोहन अस्पतालमा १४ वर्ष मुनि र ७५ वर्ष माथिकालाई मुटुको बाथरोगको शल्यक्रिया गर्दा निःशुल्क गरेको भन्दै प्रा.डा.आचार्यले भन्नुभयो “यो सुविधा मोफसलका अस्पताललाई पनि दिनुपर्छ ।”

    मुटुको उपचार राजधानीमा मात्रै केन्द्रीत रहेको बताउँदै उहाँले भन्नुभयो “म सेवा विकेन्द्रीत गर्न चितवन आएको हुँ ।” काठमाण्डौंका स्थायी वासिन्दा डा.आचार्यले आफ्नो श्रीमतीको जागिर छुटाएर त्यहाँकोभन्दा कम सुविधा लिएर यहाँ आएको बताउनुभयो । उहाँले भन्नुभयो “मैले मुटु रोगको सेवा मोफसलमा पनि विस्तार गर्नुपर्छ भन्ने सोचले यहाँ आएको हुँ ।” राजधानीमा मुटुको शल्यक्रियाका लागि लामो पालो कुर्नुपर्ने बाध्यता रहेको बताउँदै उहाँले अगाडि थप्नुभयो “चितवनमा यो सेवा नियमित पाउँदा धेरै बिरामीले कम खर्चमा आफ्नै घर जिकै उपचार पाउँछन् ।”

    आचार्यको समूहले गंगालालमा तीन हजारभन्दा बढी मुटुको शल्यक्रिया गरिसकेको छ । यसैगरी मेडिसिटी अस्पतालमा प्रमुख कन्सल्टेन्टको रुपमा उहाँले तीन वर्ष काम गरेको अनुभव रहेको छ । उहाँले बंगलादेशबाट एमबिबिएस र एमडिपछि सिंगापुरबाट फेलोसिप गर्नुभएको छ ।

    अस्पतालका अध्यक्ष न्यौपानेले यहाँ मुटुसम्बन्धी सबै खालको उपचार हुने बताउनुभयो । अस्पतालमा कार्डियोलोजिसम्बन्धी प्रा.डा.श्यामराज रेग्मी सहितको टोलीले उपचार गर्ने उहाँले जानकारी दिनुभयो । न्यौपानेले भन्नुभयो “मुटु सम्बन्धी उपचारका लागि अब राजधानी र विदेश जानु पर्दैन ।” राजधानी गएर पनि उपचार गर्ने चिकित्सक र आवश्यक उपकरण यही व्यवस्थापन भएकाले राजधानी जान नपर्ने उहाँको भनाई छ । न्यौपानेले भन्नुभयो “काठमाण्डौंबाट पनि हामीकहाँ बिरामी आउन थालेका छन् । बाहिरबाट काठमाण्डौं गएकाले पनि भरतपुर ठीक छ भनेर आउने गरेका छन् ।”

    अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले मुटु रोगको उपचार र शल्यक्रियाका लागि पाँच करोड रुपैयाँभन्दा बढीको आधुनिक उपकरणहरु ल्याईएको जानकारी दिनुभयो । अस्पतालले सेवा विस्तार गर्दै आएको बताउँदै उहाँले भन्नुभयो “मुटुसँगै कलेजो प्रत्यारोपण, न्यूरो सर्जरी जस्ता जटिल उपचार सेवा पनि अस्पतालबाट दिंदै आएका छौं ।” छिट्टै मृगौला प्रत्यारोपण सेवा पनि शुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो । राजधानीका अस्पतालमा लामो अनुभव लिएका विज्ञ चिकित्सकहरु यस अस्पतालमा आएसँगै जटिल किसिमका उपचार सहज र सुर्वसुलभ रुपमा यहाँ हुने गरेको उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.