सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिक्तेल रुपाकोट मझुवागढीको वित्तीय प्रगति ८६ प्रतिशत


  •    न्युजभित्तो/७ श्रावण २०७८, बिहीबार १३:१३ 
  • खोटाङ, ७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वित्तीय प्रगति ८६।२५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७७÷७८ का लागि रु ९३ करोड ४६ लाख ६८ हजार विनियोजन गरिएकामा रु ९२ करोड ३८ लाख ७९ हजार आम्दानी हुँदा पुँजीगततर्फ ८१।१३ प्रतिशत र चालू तर्फ ८९।७० प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

    कूल विनियोजित बजेटमध्ये पुँजीगततर्फ रु ३० करोड ५४ लाख २२ हजार र चालूतर्फ रु ५० करोड सात लाख ५७ हजार गरी रु ८० करोड ६१ लाख ७९ हजार खर्च भएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिनुभयो । विश्वभर फैलिएको कोरोना महामारीका कारण नगरपालिकाले लिएको वित्तीय लक्ष्य हासिल गर्न नसकिएको नगरप्रमुख रिजालले बताउनुभयो ।

    यसैबीच आर्थिक वर्ष २०७७÷७८ सम्ममा नगरपालिकाको पाँच वडाका ११५ रोपनी बाँझो जग्गामा नगदेबालीको खेती लगाइएको छ । ‘बाँझो जमीनमा खेतीको लागि अनुदान’ कार्यक्रम अन्तर्गत वडा नं १ दिक्तेल, ६ नेर्पा, वडा नं ११ खार्मी, वडा नं १२ जालपा र वडा नं १४ बुइँपामा रहेको बाँझो जग्गामा अदुवा, बेसार, अलैँची, फलफूल तथा खाद्यान्नबाली लगाइएको हो ।

    तीन वर्षदेखि बाँझिएको जग्गालाई कृषि कर्ममा उपयोगमा ल्याउनका लागि नगरपालिकाको बाँझो जमीन उपयोगसम्बन्धी कार्यविधि–२०७७ बमोजिम दश किसानलाई अनुदान उपलब्ध गराइएको छ । कृषि पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत स्थानीय सम्भाव्यता एवं राष्ट्रिय महत्वका आधारमा ‘एक वडा, एक कृषि पकेट कार्यक्रम’ सञ्चालन गरेर किसानलाई व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गराइएको हो ।

    चालू आर्थिक वर्षदेखि तिनै कृषि पकेटबाट उत्पादित उपजलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्ने वातावरण बनाउन युवालाई कृषि व्यवसायमा लगाइएको छ । आधुनिक प्रविधियुक्त कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले युवा उद्यमी कृषि विकास कार्यक्रमबाट नमूना कृषि तथा पशुपक्षी फार्म निर्माण गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.