सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिलो एकदिबसीयमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई विशाल अन्तरले हरायो


  •    न्युजभित्तो/६ श्रावण २०७८, बुधबार १५:३९ 
  • काठमाडौं,६ साउन   । अष्ट्रेलियाले पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा वेष्टइन्डिजलाई १३३ रनको विशाल अन्तरले हराएको छ । पाँच खेलको टी ट्वान्टी श्रृखंला ४–१ ले गुमाएको अष्ट्रेलिया अन्तर्राष्ट्रिय एकदिबसीयमा तीन खेलको श्रृखंलाको पहिलो खेलमा विशाल अन्तरको जित हात पारेको हो ।

    वेष्टइन्डिजले २५७ रनको लक्ष्य पछ्याउने क्रममा २६ ओभर २ बलमा मात्र १२३ रनमा समेटिन पुग्यो । वेष्टइन्डिजको पारीमा कप्तान क्यारन पोलार्डले बनाउनुभएको ५६ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । २७ रनमा छ विकेट गुमाएको वेष्टइन्डिजका लागि कप्तान पोलार्डले अल्जारी जोसेफसँग ६८ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयत्न गर्नुभयो । तर उहाँको प्रयास असफल भयो ।

    अष्ट्रेलियाका लागि मिशेल स्टार्कले सर्बाधिक पाँच विकेट लिनुभयो । जोश हयाज्लऊडले तीन तथा एडम जाम्पा र मिशेल मार्शले सामान एक एक विकेट लिए ।

    त्यसअघि, ब्रिजटाउनमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा नौ विकेटको क्षतिमा २५२ रनको योगफल तयार गर्यो । उसको पारीमा कप्तान एलेक्स कैरीले सर्बाधिक ६७ तथा आष्टन टर्नरले ४९ रनको योगदान दिए ।
    वेष्टइन्डिजका लागि हेडन वाल्शले सर्बाधिक पाँच तथा अकैल होसैन र अल्जारी जोसेफले दुई दुई विकेट लिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.