सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहकारीले सञ्चालनमा ल्यायो आँखा उपचार केन्द्र


  •    न्युजभित्तो/६ श्रावण २०७८, बुधबार १०:५७ 
  • कञ्चनपुर, ६ साउन । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । च्यारिटी हेल्थ फाउण्डेशन कैलालीसँगको साझेदारीमा सहकारीले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । सर्वसाधारणलाई सहज र सुलभरूपमा सेवा प्रदान गर्ने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गरिएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताउनुभयो ।

    “सहकारीको उद्देश्य नाफा आर्जन गर्ने मात्र होइन”, उहाँले भन्नुभयो, “सामाजिक क्षेत्रमा समेत लगानी गर्नुपर्छ । त्यही भावनाले प्रेरित भएर उपचार केन्द्र सञ्चालन गरेका छौँं ।” फाउन्डेशनले उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधि तथा जनशक्तिको व्यवस्थापन गरेको छ । सहकारीले उपचार केन्द्र सञ्चालनका लागि घरभाडा, विद्युत् र खानेपानीको महसुल तिर्ने सम्झौता गरेको छ ।

    वैशाख महिनादेखि नै सहकारीले उपचार केन्द्र सञ्चालन गर्ने लक्ष्य लिएको भए पनि कोरोनाको सङ्क्रमण बढेपछि गरिएको बन्दाबन्दीका कारण विलम्ब गरी उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । उपचार केन्द्रबाट हुने आम्दानीबाट आँखा उपचारमा संलग्न प्राविधिकको तलबलगायतको सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

    बिरामीको चापअनुसार थप जनशक्ति थप्नुपरेमा सहकारीले सम्पूर्ण खर्च बेहोर्ने गरी राख्ने सहकारीका अध्यक्ष शिवराज भट्टले बताउनुभयो । वैशाख महिनादेखि नै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सम्झौता गरिएको भए पनि कोरोनाको बढ्दो सङ्क्रमणका कारण सञ्चालनमा विलम्ब भएको उहाँले बताउनुभयो ।

    उपचार केन्द्रमा पुग्ने बिरामीको अबदेखि निरन्तररूपमा उपचार हुने उहाँको भनाइ छ । सहकारीमा आबद्ध १३ हजार ५०० सदस्यलाई आँखा उपचारमा छुट दिने व्यवस्थासमेत गरिएको छ । त्यसका लागि कार्ड बनाउने कार्य भइरहेको सहकारीका पदाधिकारीले बताएका छन् । केन्द्रमा उपचारका लागि आउने बिरामीका लागि रु ५० दर्ता शुल्क निर्धारण गरिएको छ । बाह्य क्षेत्रभन्दा निकै सहुलियत मूल्यमा उपचार केन्द्रबाट बिरामीलाई आवश्यक औषधि उपलब्ध गराइने बताइएको छ ।

    नगरपालिका क्षेत्रमा आँखा उपचारको व्यवस्था नहुँदा नगरवासीले टाढाको महेन्द्रनगर र धनगढी पुगेर चर्को शुल्क तिरेर उपचार गराउँदै आएका छन् । झलारी बजारमै आँखा उपचार केन्द्र सञ्चालन भएपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् ।

    च्यारिटी हेल्थ फाउण्डेशनसँगको सहकार्यमा सहकारीले गत महिना शुक्लाफाँटा–९ मा आँखा शिविरसमेत सञ्चालन गरेको थियो । शिविरमा ३०० भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका थिए । शिविरमा बिरामीको उपचारसँंगै निःशुल्क चश्मा र औषधि वितरण गरिएको थियो । फाउण्डेशनको सहकार्यमा सहकारीले केही दिनभित्रै शल्यक्रियासहितको बृहत् आँखा शिविर सञ्चालन गर्ने योजनासमेत बनाएको छ । नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले आँखा उपचार केन्द्रका लागि आवश्यक पर्ने सहयोग नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.