सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सवारी दुर्घटनाको सङ्ख्या दोब्बर वृद्धि


  •    न्युजभित्तो/६ श्रावण २०७८, बुधबार १०:२७ 
  • चितवन, ६ साउन । जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो ।

    कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ४३५ दुर्घटनामा भएका छन् । अघिल्लो आवमा २६१ सवारी दुर्घटना भएका थिए । गत आवमा दुर्घटना बढेसँगै मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ । गत आवमा १२८ जनाको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिनुभयो । अघिल्लो आवमा १०७ जनाको मृत्य भएको थियो ।

    गत वर्ष भएका दुर्घटनामा ७६३ घाइते भएका छन् । तीमध्ये २९० गम्भीर र ४१३ जना सामान्य घाइते भएका छन् । ती दुर्घटनामा ६६४ सवारी साधन पक्राउ परेका छन् । कोरोनाका कारण गरिएको निषेधाज्ञाका समयमा समेत मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने, दुई पाङ्ग्रे सवारी साधन तीव्रगतिमा चलाउने गरेका कारण दुर्घटना बढेको थापाले बताउनुभयो । दुर्घटना हुनेमा बढी सङ्ख्यामा दुई पाङ्ग्रे सवारी रहेका छन् ।

    कार्यालयका अनुसार गत आवमा कार्यक्षेत्रमा खटिएका प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने २३६ जनालाई कारवाही गरिएको छ । उनीहरुबाट कारवाहीस्वरुप रु दुई लाख ४४ हजार ५०० जरिवाना गरिएको छ । यस्तै ५४८ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारवाही गरिएको छ । उनीहरुबाट रु पाँच लाख ४८ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

    यस्तै कार्यालयले गत आवमा ३८ हजार ६२२ वटा सवारी साधन कारवाही गरी रु तीन करोड ३० लाख ३७ हजार राजश्व सङ्कलन भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.