सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली काँग्रेस चितवनको सचिबमा पोख्रेलको उम्मेदवारी


  •    न्युजभित्तो/६ श्रावण २०७८, बुधबार ०९:३१ 
  • चितवन, ६ साउन । नेपाली काँग्रेसको १४ औं महाधिबेशन नजिकिदैं गर्दा काँग्रेस चितवनमा पनि चहलपहल तिब्र वनेको छ । काँग्रेसका नेता कार्यकर्ताहरु आफु निकटका व्यक्तिहरुलाई उम्मेदवार वनाउने र घोषणा गर्ने क्रम तिब्र बन्दै गएको छ ।
    यसै क्रममा काँग्रेस चितवनको सचिब पदका लागि नेपाल शिक्षक संघ चितवनका निवर्तमान अध्यक्ष ध्रुवराज पोख्रेलले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । वि. सं. २०४४ सालबाट आफ्नो राजनैतिक यात्रा सुरु गर्नु भएका पोख्रेलले १४ औं महाधिवेशनका लागि उम्मेदवार्री घोषणा गर्नु भएको हो । वि. सं. २०४४ सालमा गोरखाको अन्नपूर्ण माध्यामिक बिद्यालयको नेपाल बिद्यार्थी संघको सदस्यता ग्रहण गरि आफ्नो राजनैतिक यात्रा सुरु गर्नुभएका पोख्रेल २०४६ सालमा नेपाल बिद्यार्थी संघ दुर्गा माबि विजयनगरको अध्यक्ष, २०४९ सालामा कृषि क्याम्पस रामपुरको नेबिसंघ सदस्य, सोही साल स्वतन्त्र बिद्यार्थी युनियनको सदस्यको उम्मेदवार, २०५३ सालामा नेपाली काँग्रेसको कृयाशिल सदस्य, २०५४ सालमा नेपाल बिद्यार्थी संघ चितवन क्षेत्र नम्बर तीनको अध्यक्ष, २०५६ सालमा नेपाल बिद्यार्थी संघ चितवनको सदस्य पदमा रहेर काम गरि सक्नु भएको छ ।
    यस्तै २०६५ सालमा नेपाल शिक्षक संघ चितवनको सचिब, २०६९ सालमा नेपाल शिक्षक संघ चितवनको अध्यक्ष, २०७२ सालामा नेपाल शिक्षक महासंघ चितवनको अध्यक्ष, २०७३ सालमा नेपाली काँग्रेसको १३ औं महाधिबेशनमा निमित्त निर्वाचन अधिकृत, २०७४ सालमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको सचिब, २०७६ सालमा वी. पी अध्ययन प्रतिष्ठान चितवनको अध्यक्ष र हाल नेपाली काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान चितवनको सचिबमा रहीजिम्मेवारी पुरा गर्नु भएका पोख्रेल १४ औं महाधिबेशनमा जिल्ला सचिब पदको उम्मेदवारको रुपमा आँफुलाई अघि सार्नु भएको हो ।
    स्पष्ट बक्ताको रुपमा चिनिनु भएका पोख्रेल काँग्रेसको १४ औं महाधिबेशनमा आँफुलाई बलियो उम्मेदवारको रुपमा अघि सार्नु भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.