सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव


  •    न्युजभित्तो/५ श्रावण २०७८, मंगलवार १४:४१ 
  • काठमाडौँ५ साउन ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ ।

    भेटका लागि महासचिव चन्द, नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलालाई लिएर ओली निवास बालकोटमा पुगेका थिए ।

    उक्त भेटमा एमालेका नेता राजव भट्टाई पनि सहभागी थिए । उनका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौँ, त्यसअनुसार नै अगाडि बढ्न चाहन्छौँ भनेका थिए ।

    विप्लव समूहले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो गरेको थियो ।

    कानूनी जटिलता र त्यसलाई फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेकाले सहमति कार्यान्वयनमा ढिला हुन गएको जवाफ दिएको नेता भट्टराईले बताए ।

    छलफलका क्रममा अहिले एमाले विपक्षमा रहे पनि उक्त सहमतिबारे आफ्नो धारणा एक रहने बताएको ओलीलाई उद्धृत गर्दै उनले बताए ।

    यसअघि, विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूलाई भेटवार्ता गरेका थिए ।

    उक्त भेटमा विप्लवले नेता धर्मेन्द्र बास्तोलालाई साथमा लिएरका गएका थिए भने ओलीसँगको भेटमा अर्का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई पनि सँगै लगेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.