सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्तसहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न सीसीएमसीको अनुमति


  •    न्युजभित्तो/५ श्रावण २०७८, मंगलवार १३:५७ 
  • काठमाडौं, ५ साउन । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विभिन्न सर्तसहित कक्षा १२ को वार्षीक परीक्षा सञ्चालनको अनुमति दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असार तेस्रो साता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को वार्षीक परीक्षा सञ्चालनको अनुमति मागेको थियो ।

    त्यसपछि मन्त्रालयले बोर्डको उक्त प्रस्तावलाई सीसीएमसी समक्ष पेश गरेको थियो । मन्त्रालयले गरेको पेशका आधारमा सीसीएमसीले विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको हो ।

    परीक्षा केन्द्रमा परीक्षार्थीलाई जेड आकारमा कम्तिमा दुई मिटरको दूरी बनाएर राख्नु पर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्नेलगायत विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले बताए ।

    परीक्षा सञ्चाालनको अनुमति पाएको बोर्डले भने यही महीनाभित्र परीक्षा सञ्चालनको तयारी गरिरहेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाइसकेको र परीक्षा सञ्चालनको विषयमा बोर्डले चाँडै निर्णय गर्ने बताए ।

    उनका अनुसार बोर्डले कक्षा १२ को परीक्षा यही महीनाभित्र सञ्चालन गर्ने गरी तयारी गरिरहेको छ । यसअघि गत जेठ महीना तय भएको कक्षा १२ को वार्षीक परीक्षा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न परिस्थितिले स्थगित भएको थियो । अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको बोर्डले यस वर्ष भने १०० पूर्णाङ्कको नै परीक्षा लिने तयारी गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.