सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौं‌मा आज र भोली जोन्सनको खोप लगाउन पाउने


  •    न्युजभित्तो/५ श्रावण २०७८, मंगलवार ११:५६ 
  • काठमाडौं,५ साउन । अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यका लगायत काभ्रे र गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्ला बाहेकमा लगाइँदै छ।

    सोमबारदेखि शुरु भएको खोप अभियान अन्तर्गत लक्षित समूहलाई खोप लगाउने काम भइरहेको छ। सोमबार काठमाडौंका खोप केन्द्रमा लक्षित समूहभन्दा बाहिरका मानिसहरु समेत पुग्दा भिडभाड बढी भएको थियो।

    स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार काठमाडौंमा मात्र ५५ वटा खोप केन्द्र तोकिएको छ। उनका अनुसार सोमबार यी खोप केन्द्रमा ५३ र ५४ वर्ष उमेर, पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मीले खोप लगाएका छन्।

    यी समूहबाहेक अन्य समूह पनि सोमबार केन्द्रमा पुगेका कारण भिड बढेको उनले जानकारी दिए।

    उनका अनुसार मंगलबार ५१ र ५२ वर्ष उमेर समूहसहित पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मी, शरणार्थीहरु र जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्तिहरुलाई खोप लगाइने छ।

    यस्तै बुधबार ५० वर्ष उमेर समूहसहित पूर्ण र अति अशक्त अपांग, स्वास्थ्यकर्मी र सफाइकर्मी, शरणार्थीहरु, जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्ति र ५१ देखि ५४ वर्ष उमेरका खोप लगाउन छुटेका समूहले लगाउन पाउने छन्।

    यी हुन् काठमाडौं‌का ५५ खोप केन्द्र

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.